स्वर्गजस्तै सुन्दर छ मेरो देश नेपाल
फैलिएको पूर्व पश्चिम तराई पहाड हिमाल
पौरखी र मेहेनती नेपाली हुन् जान
सगरमाथा, लुम्बिनी हो नेपालको शान ।।१।।
धेरै भाषा, धेरै जाती फुल रङ्ग रङ्ग
नेपालीको स्वाभिमानी बानी देखि दङ्ग
डाँफे, मुनाल र कोइलीले वनमा गीत गाउँदा
मन मेरो त्यसै खुशी देशभरि घुम्दा ।।२।।
देश हाम्रो मातृभूमि आमा सामान हुन्छ
देशको लागि काम गर्ने व्यक्ति महान् हुन्छ
नेपाली हो नेपालको इज्जत गर्नुपर्छ
हामी सबै मिलीजुली देश बनाउनुपर्छ ।।३।।
आफ्नो देश सबैलाई प्राण भन्दा प्यारो
देश सबै नेपालीको हुन्न तेरो मेरो
नेपालको नेपाली है गर्व सधैं यसमा
मेरो देश प्यारो देश राख्छु सधैं मनमा ।।४।।
लेखक :- याम खाम्चा मगर
रामपुर १ बर्दाकोट, पाल्पा
उनी खुट्टाको सहायताले अक्षर मार्फत आफ्नो अभिव्यक्ति व्यक्त गर्छन् ।