चोरीको आरोपमा तानसेन बाट एक जना पक्राउ


पाल्पा, चोरी गरेको आरोपमा प्रहरीले पाल्पाको तानसेन बाट एक जनालाई पक्राउ गरेको छ ।

तानसेन नगरपालिका १ बस्ने ४१ वर्षिय टेक बहादुर गाहाको घरको दराजबाट नगद रु १ लाख ५० पचार हजार रुपैयाँ चोरी गरेको आरोपमा तानसेन ४ का २८ वर्षिय सन्दिप बुढाथोकीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन गिरीका अनुसार शुक्रबार साँझ गाहाको घरमा चारी भएको थियो । प्रहरीले घटनामा संलग्न व्यक्ति तथा समुहहरुको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा बुढाथोकीलाई पक्राउ गरेको हो । चोरी भएको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?