रामपुर–३, शितलनगरमा भ्यान र ट्याक्टर ठोक्कीदा ४ जना सामान्य घाईते

पाल्पा, रामपुर नगरपालिका–३, शितलनगरमा भ्यान र ट्याक्टर ठोक्कीदा भ्यानमा सवार ४ जना घाईते भएका छन् । अपरान्ह ५ बजे तिर बेझाँड बजार बाट रजघरा जाँदै गरेको लु १ ज २९०० नम्बरको भ्यान र बिपरीत दिशा बाट आएको लु ४ त २२२ नम्बरको ट्याक्टर शितलनगरमा ठोक्कीएको थियो ।

घाईते हुनेहरुमा रामपुर १ फोक्सिङ्गकोट बस्ने २१ वर्षिय निर्मला वि.क., रामपुर ३ बस्ने १९ वर्षिय सम्झना राना, रामपुर निस्दी ३ बस्ने १९ वर्षिय मिना वि.क. र रामपुर ४ खोप्टारका २७ वर्षिय कमला रानाको ७ वर्षिय छोरा डिसान्त राना घाईते भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घाईतेहरुको अवस्था सामान्य रहेको र उनीहरुको रामपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठोक्कीएका सवारी प्रहरी नियन्त्रण्मा रहेको र घटनाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?