रामपुरमा पनि ‘ट्रि हाउस रेष्टुरेण्ट’


पाल्पा, होटेल तथा पर्यटन क्षेत्रमा पछिल्लो समय नयाँ नयाँ परिक्षण हुँदै आएको छ । पर्यटकहरुको चहाना परिवर्तन हुँदै गएकाले सरकारी तथा निजी क्षेत्रले पनि फरक पन कसरी दिने भन्ने विषयमा विशेष ध्यान दिदै आएको पाईएको छ । परम्परागत संस्कृति प्रदर्शन, प्रकृतिक वस्तुहरुको सजावत, संगै आधुनिक वस्तुहरुको निर्माण सहित मौलिकपन देखाउने होडबाजी नै चलेको छ ।

विदेशका प्रविधि र शैलीको प्रयोग पनि बढ्दै गएको छ । कुनै समय प्राकृतिक रुपमा रहेका रुखमा घर निर्माण गरिएको दृश्य विदेश संगै नेपालमा पनि गुल्मी हुँदै नेपालका विभिन्न स्थानमा पनि देखिद‌ै आएको छ । यता कोभिड महामारीका विच पनि पाल्पाको रामपुरमा पनि पहिलो पटक ३० फिट अग्लो कटहरको बोटमा ट्रि हाउस निर्माण गरी रेष्टुरेण्ट सञ्चालनमा आएको हो । बढ्दो शहरीकरण संगै व्यवसायमा पनि नयाँ स्वरुप प्रदान गर्ने लक्ष्यका साथ रामपुर ४ ईस्लामपुरमा पनि ट्रि हाउस गार्डेन रेष्णुरेण्ट सञ्चालन गरेको हो ।

रामपुर ४ ईस्लामपुरका क्यामु दिन खाँनले उदाउँदो शहरको रुपमा रहेको रामपुर क्षेत्रमा नयाँपन थप्ने उद्देश्यका साथ कटहरको रुखमा घर निर्माण गरेर रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । पछिल्लो समय ग्राहाकहरुले फरक अनुभुति खोजीरहेको अवस्थामा रुखको टुप्पो संगै १२ जना सम्म टेवलमा बसेर खाने मिल्ने व्यवस्था सहितको रेष्टुरेष्ट सञ्चालन गरेको हो । सञ्चालक खाँनले नयाँपन दिनको लागि झण्डै २० लाख भन्दा बढीको लागतमा होटेल सुरु गरेको बताउनुभयो । उहाँले भन्नू भयो, “बाहिरी जिल्ला तथा स्थानहरुमा जाँदा फरक फरक तरिकाले व्यवसाय सञ्चालन गरेको देखेँ । सोही अनुसार रामपुर क्षेत्रको आवश्कता र युवा पुस्ताको रुचिलाई मध्यनजर गर्दै आधुनिक प्रविधी सहित सञ्चालन गरिएको हो ।”

सञ्चालक खाँनले २० लाख भण्डा बढीको लागतमा सडक छेउमा निर्माण गरेको रेष्टुरेण्टलाई विस्तार गर्दै सेमिनार हल पनि निर्माण गर्ने योजना रहेको खाँनले बताउनुभयो । साथै उहाँले रेष्टुरेण्टमा अरवीयन, इण्डियन, चाईनिज सहित नेपाली सबै प्रकारका खानाहरु पाईने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?