अन्धकारमुक्ति साकोस द्वारा सम्मान तथा पुरस्कार वितरण


पाल्पा, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले विभिन्न विद्यामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसर पारी यस वर्षको उत्कृष्ट बचतकर्ता, असल ऋणी, केन्द्र, केन्द्र प्रमुख, कर्मचारी, सफल व्यवसायी, शेयर सदस्य, सुझावकर्ता र एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको हो । संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरुप नगद सहित प्रमाण पत्रले सम्मान गरेको हो ।

विभिन्न विद्याका पुरस्कार सहित सम्मान हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले दुरदराजका गाउँका जनता बैंकको पहुँच भन्दा बाहिर रहेको अवस्थामा सहकारीले पु¥याएको योगदान निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गाउँका जग्गाको आधारमा व्यवसाय सञ्चालन गर्न लागेका युवाहरुलाई बैंकले लगानी नगरिरहेको अवस्थामा सहकारीको सहयोगमा अघि बढ्ने अवसर प्रदान गर्दै आएको बताउनुभयो । उहाँले सानो सानो बचतले भविष्यमा आउने गर्जो टार्न पनि सहज हुने बताउनुभयो । उहाँले स्थानीय तहमा सहकारीको नियमन र नियन्त्रण गर्ने अधिकार आएको भन्दै रामपुर नगरपालिकाले कार्यविधि अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं संस्थाका सल्लाहाकार तीर्थप्रसाद पंगेनीले थोरैथोरै भए पनि बचतमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मोहन भट्टराई, सल्लाहकार सदस्य कमलराज भट्टराई, सामुदायिक रेडियो रामपुरका स्टेसन प्रवन्धक छवि खनालले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा पुस्कृत शेयर सदस्यहरुको तर्फ बाट रेनुका देवी ठाडा, लोकप्रसाद श्रेष्ठ, सिता प्रधानले आफ्नो भनाई राख्नु भएको थियो ।

संस्थाले नियमित बचत तर्फ रामपुर कार्यालय अन्तर्गत रामपुर ७ का टेकीसरा गुरुङ, रामपुर लघुवित्त अन्तर्गत रामपुर ७ का लक्ष्मी राना, जब्गादी सेवा केन्द्र अन्तर्गत रामपुर ८ का खिम बहादुर सारु, ताहुँ सेवा केन्द्र अन्तर्गत उमीसरा घर्ती र रामटार सेवा केन्द्र अन्तर्गत रामपुर १० का बसन्त भण्डारीलाई पुरस्कृत गरेको छ । नियमित ऋण तर्फ रामपुर कार्यालय अन्तर्गत रामपुर ६ का हरि प्रसाद शर्मा गैरे, रामपुर लघुवित्त अन्तर्गत रामपुर ६ का बविता नेपाली, जब्गादी सेवा केन्द्र अन्तर्गत रामपुर ९ का लक्ष्मण हिटान, ताहुँ सेवा केन्द्र अन्तर्गत मिना खत्री क्षेत्री र रामटार सेवा केन्द्र अन्तर्गत रामपुर १० का लोकप्रसाद श्रेष्ठलाई पुरस्कृत गरेको छ । संस्थाले ऋण लिएर उद्देश्य अनुरुप काम गर्ने रामपुर कार्यालय अन्तर्गत रामपुर ७ का बिरसिङ सार्की, रामपुर लघुवित्त अन्तर्गत रामपुर ३ का नामायाँ उपाध्याय, जब्गादी सेवा केन्द्र अन्तर्गत रामपुर ९ का अण बहादुर सुर्यवंशी, ताहुँ सेवा केन्द्र अन्तर्गत कमल बहादुर खत्री र रामटार सेवा केन्द्र अन्तर्गत रामपुर १० का बदामोदर श्रेष्ठलाई पुरस्कृत गरेको छ ।

सफल व्यवसायी पुरस्कार बाट रामपुर कार्याल अन्तर्गत रामपुर ४ का रेनुका देवी ठाडा, रामपुर लघुवित्त अन्तर्गत रामपुर ६ का निर्मला पोखरेल, जब्गादी सेवा केन्द्र अन्तर्गत रामपुर ९ का भविसरा खन्गाहा, ताहुँ सेवा केन्द्र अन्तर्गत इन्द्र कुमारी सुनारी र रामटार सेवा केन्द्र अन्तर्गत रामपुर १० का निर्मला पाण्डेलाई सम्मान गरेको छ । उत्कृष्ट कारोबारी सदस्य तर्फ रामपुर कार्यालय अन्तर्गत रामपुर ३ का शंकर ज्ञावली, रामपुर ७ का सुनिता राना, जब्गादी सेवा केन्द्र अन्तर्गत पूर्वखोला १ का जमुना श्रेष्ठ, ताहुँ सेवा केन्द्र अन्तर्गत शेर बहादुर कार्की र रामटार सेवा केन्द्र अन्तर्गत रामपुर १० का शोभाखर भण्डारीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट केन्द्र यस वर्ष रामपुर कार्यालय अन्तर्गत रामपुर ४ को शिव मन्दिर महिला केन्द्र, जब्गादी सेवा केन्द्र अन्तर्गत निस्दी ३ अर्चलेको अर्चले महिला केन्द्र, ताहुँ सेवा केन्द्र अन्तर्गत फुरुङदी महिला केन्द्र र रामटार सेवा केन्द्र अन्तर्गत रामपुर १० को रामटार महिला केन्द्र भएको छ ।

उत्कृष्ट केन्द्र प्रमुखमा केन्द्र नं. ९७ का मनकला मल्ल, केन्द्र नं. २१२ का सुकमायाँ सारु, केन्द्र नं. ३०४ का मोतिसरा सारु र केन्द्र नं. १६४ का भगवती आले भएका छन् । उत्कृष्ट शेयर सदस्य तर्फ रामपुर ६ सातविसेका भिम बहादुर केसी, रामपुर ४ का सरस्वती श्रेष्ठ, पूर्वखोला ३ का रिता अधिकारी, रम्भा ५ का समी श्रेष्ठ, रम्भा ५ का सज्जु श्रेष्ठ र रामपुर १० का पार्वती अर्याल भएका छन् । शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परिक्षामा सर्वोकृष्ट अंक ल्याउने खुल्ला तर्फ भानुभक्त मावि रामपुरका प्रकृति सेढाई र दलित तर्फ जनकल्याण मावि रामटारका पुनम विकलाई सम्मान गरेको हो । संस्थाको उत्कृष्ट कर्मचारीमा विशाल अधिकारीलाई सम्मान गरेको छ । उत्कृष्ट सुझाव कर्ताको रुपमा रामपुर १० रामटारका हरी प्रसाद भण्डारीलाई सम्मान गरेको छ । कार्यक्रमको उद्देश्य संगै संस्थाको बारेमा व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले जानकारी दिनु भएको थियो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले प्राप्त सुझावहरुको शिरोपर गर्दै समय अनुकुल संस्थालाई अघि बढाउने बताउनुभयो । अध्यक्ष देवकोटाको अध्यक्षतामा संस्थाको सभाहलमा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको स्वागत, सहसचिव यमप्रसाद श्रेष्ठको धन्यवाद र सचिव ओमप्रकास बस्यालको सञ्चालनमा भएको हो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?