विरामी बोक्ने सीताकुण्ड स्वास्थ्य चौकीकाे एम्बुलेन्स आफै थला परेपछि …….(फोटो फिचर)


पाल्पा, पाल्पा रामपुरमा पहिलो पटक सञ्चालनमा आएको सीताकुण्ड स्वास्थ्य चौकीको एम्बुलेन्स खण्डहरमा परिणत भएको छ । ३ वर्ष अघि देखि ग्यारेजमा थन्किएको एम्बुलेन्स सम्बन्धित निकायले मर्मत संगै प्रयोग तर्फ समय मै ध्यान नदिँदा एम्बुलेन्स काम नै नलाग्ने अवस्थामा पुगेको हो ।

ग्रामीण क्षेत्रका जनताको सेवाका लागि २०६६ सालमा भारत सरकारले स्वतन्त्रता दिवसको अवसर पारेर भारतिय दुताबास मार्फत सीताकुण्ड स्वास्थ्य चौकीलाई उपहार स्वरुप प्रदान गरेको थियो । २०६६ साल देखि ०७४ साल सम्म सोही एम्बुलेन्सले यस क्षेत्रका धेरै नागरिकको ज्यान बचाएको थियो । तर यस क्षेत्रकै पहिलो लु १ झ २७४ नम्बरको सुविधा सम्पन्न टाटा सुमो कम्पनीको एम्बुलेन्स अहिले आफै थला परेको हो ।

एम्बुलेन्सको अधिकांश पार्टपुर्जाहरु विग्रीएको छ । संगै खियाले छोपेको छ । रामपुर नगरपालिकाको कार्यालयको पछाडी रहेको ग्यारेज नजिकै राखिएका एम्बुलेन्सका तस्वीरहरु अबको क्रममा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?