सुरक्षा बचत तथा ऋण सहकारीको आठौं साधारण सभा सम्पन्न


पाल्पा, सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको आठौं साधारण सभा सम्पन्न भएको छ । कोभिड महामारी कारण सेयर सदस्यहरु संग सुझाव संकलन गरी संस्थाले छलफल पश्चात सञ्चालक समितिका पदाधिकारी र उपसमितिका पदाधिकारीहरुको उपस्थितिमा साधारण सभा गरेको हो ।

रामपुर ५ मटेरी ठुलोटारमा भएको वार्षिक साधारण सभा संस्थाका अध्यक्ष जित बहादुर मल्लको अध्यक्षता र संस्थापक अध्यक्ष लेखनाथ रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा बोल्दै प्रमुख अतिथी रेग्मीले संस्थालाई थप उचाईमा पु¥याउन नयाँ निती तथा कार्यक्रम अबलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो । साथै उहाँले नयाँ कार्यक्रम सञ्चालनको लागि अध्ययन तथा अवलोकन पनि अपरिहार्य रहेको बताउनभयो । कार्यक्रममा संस्थाका पूर्व सचिव खिमाकान्त बाकाबलले संस्थागत विकासमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

संस्थाका सल्लाहाकार बुद्धि प्रकाश रेग्मीले सहकारीले समाजमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै पुँजी लागानी संगै त्यसको उपयोगमा जोड दिनु पर्ने बताउनु भयो । त्यस्तै सल्लाहकार मनीराज अधिकारी सेयर सदस्यहरुलाई पुँजी निर्माणमा थप चलायमान बनाउनु आवश्यक रहेको बताउनुभयो । साधारण सभाको अवसरमा सञ्चालक समितिका सदस्य विष्णु गौतम, सुचना तथा सञ्चार उपसमितिका संयोजक प्रेम प्रकाश ढकाल लगाएतले आफ्ना सुझाव राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष जित बहादुर मल्लले संस्थाको भावी रणनीती बारे जानकारी गराउँदै पुँजी लगानीको मात्रा बढाउने तयारी गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा कृषि मार्ट सञ्चालनका लागि आवश्यक अध्ययन गरी प्रक्रियामा जाने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष शालिकराम सिग्देलले संस्थाको ५ करोड २९ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समग्र वित्तिय अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । व्यवस्थापक चन्द्र बहादुर मल्ल संस्थाको वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । संस्थाका उपाध्यक्ष मञ्जु अधिकारी भट्टको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राम बहादु्र रानाले गर्नु भएको हो । सहकारीले यस वर्ष १७ लाख ८० हजार ५ सय २ रुपैयाँ नाफा गर्न सफल भएको छ । संस्थामा हाल ८ सय २ सेयर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?