जनताको जनादेशलाई गलत्याउने अधिकार कसैलाई छैन : गैरे

पाल्पा, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का केन्द्रिय सदस्य ठाकुर गैरेले विधि र पद्धतिको शासन चाहेका जनताको जनादेशलाई गलत्याउने अधिकार कसैलाई नभएको बताउनु भएको छ । नेकपाको ओली र माधव–प्रचण्ड पक्ष विचको विवाद पछि शनिबार रामपुरमा भएको छलफल कार्यक्रममा बोल्दै गैरेले कसैलाई संविधान भन्दा माथि रहने अधिकार नभएको बताउनुभयो ।

माधव–प्रचण्ड खेमामा रहनु भएका केन्द्रिय सदस्य गैरेले शहिद बहुमुखी क्याम्पसमा भएको छलफलमा कार्यकर्ता माझ भन्नु भयो, ‘संघिय सांसदको अधिकार खै ? जनआदेशको महत्व खै ? कार्यर्कतालाई सानो मान्ने र नेता ठूलो मान्ने प्रविधि मान्य हुने छैन ।’ उहाँले नेपालको परिपेक्षमा ६ महिना र ९ महिनामा सरकार परिर्वतन हुने अवस्था रहेकोमा जनताले स्थीर सरकार होस भनेर ५ बर्षका लागि जनआदेश दिएको बताउँदै कोभिडको समस्याका विच पुन खरबौ लगाएर चुनाब गर्नू राम्रो हो ? भन्दै प्रश्न गर्नुभयो । साथै उहाँले देश संविधान अनुसार कि सेटिङ्मा चल्ने हो भन्दै प्रश्न गर्नु भएको थियो ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य नेत्र पाण्डे, स्याङ्जा जिल्ला सचिवालय सदस्य हरि भट्टराई, प्रदेश कमिटी सदस्य हिरा मश्राङ्गी, प्रदेश सल्लाहकार कमिटी सदस्य लेखनाथ पोखरेल, दलित उत्थानका अगुवा यम बहादुर सुनार, नेकपा जिल्ला कमिटी सदस्य करुणा काफ्ले, जिल्ला कमिटी सदस्य कमल सेन, कमल पाण्डे, नेकपा निस्दीका सचिव रामप्रसाद खत्री, महिलाको तर्फबाट गीता बि.क. लगाएतले बोल्दै दुई पटक लगाएर बनाएको संविधान कसैले आफ्नो स्वर्थका लागि प्रयोग गर्नु या च्यात्नु नहुने बताएका थिए । अहिलेको संघर्ष न्यायको पक्षमा भएको लडाइ हो भन्दै संविधानको रक्षाका लागि जनता एक हुनु पर्ने बताएका थिए । आफ्नो अनुभुती राख्दै जिल्ला कमिटी सदस्य जानकी भट्टराईले धुरिमा आगो फुकेर खरानी बटुल्ने कस्तो शासन हो यो भन्दै एक मन भएर लाग्न समेत आग्रह गर्नु भएको थियो ।

नेकपाका नेता राजेन्द्र प्रसाद लम्सालको अध्यक्षतामा भएको छलफल कार्यक्रम नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराईको स्वागत बाट सुुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?