२ सय ९९ औं पृथ्वी जयन्ती रामपुरमा पनि मनाईयो

पाल्पा, राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झनामा २ सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रामपुरमा पनि मनाईएको छ । कालीगण्डकी बेशी नेपाली जनताको नाम बाट सोमबार बेझाँडमा कार्यक्रम गरी दिवस मनाईएको हो ।

साथै पृथ्वी जयन्तीको अवसरमा शाहको तस्वीर, भजनकृतन, पञ्चेबजा सहितको र्यालीले बेझाँड बजार परिक्रमा गरेको थियो । त्यस पछि रामपुर युवाक्लवको मञ्च पुगेर पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो । तस्वीरमा माल्यार्पण विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष वेणी बहादुर पौडेलले पृथ्वी नारायण शाहको निस्वर्थ भावले चालेको कदमले नै अहिले सम्म नेपाली भनेर गौरव गर्न पाएको बताउनुभयो । नेपाली भनेर चिनाउने व्यक्तिलाई सरकार संगै वर्गमान समाजले वेवास्ता गरेको भन्दै इतिहासले धिक्कार्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले मुलुकको एकताका लागि गरेको लडाई भाग पाईन भनेर बाउ संग गरेको लडाई नभई जननी जन्म भूमिको लागि लडेको लडाई हो । हामीलाई नेपाली भनेर चिनाउने व्यक्तिको जयन्ती नमनाउनु लज्जास्पद विषय हो । हामीलाई इतिहासले ढिकार्ने छ ।’

कार्यक्रममा शिवसेना नेपालका सल्लाहाकार पण्डित भिमकान्त पन्थीले मातृभूमी र आफ्नो संस्कृति प्रति बफादार बन्न आग्रह गर्दै कालीगण्डकी सभ्यता सबैभन्दा पुरानो सभ्यता रहेको बताउनुभयो । कार्यक्रममा विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका सदस्य लोकराज पाण्डे र हिन्दुयुवा परिषद्का सदस्य मनिष शर्मा लगाएतले बोल्दै राजनैतिक दलहरुले आफ्ना स्वस्र्थका लागि चालेका कदमले राष्ट्रियता र मातृभूमीको अस्तित्व संकटमा पर्दै गएको बताउनुभयो । कार्यक्रममा शिवसेना नेपाल रामपुरका प्रवक्ता राजेन्द्र प्रसाद ढकालले पृथ्वी नारायण शाहले तत्कालीन समयमा चालेको कदम र वर्तमान आवश्यकता संगै हिन्दु राष्ट्रको बारेमा प्रकाश पार्नु भएको थियो ।

शिवसेना नेपाल रामपुरका अध्यक्ष हुम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका अध्यक्ष कृष्ण प्रसाद अर्यालको स्वागत र शिवसेना नेपाल रामपुरका सचिव भरत पौडेलको सञ्चालनमा भएको हो । यस्तै तानसेनमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्वहिन्दु महासंघ नेपाल पाल्पा र स्वतन्त्र नागरिक अभियानको संयुक्त आयोजनामा तानसेनको शित्तलपाटीमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?