साठीकोलमा भरुवा बन्दुकले लागेर एक पुरुषको निधन


पाल्पा, पूर्वखोला गाउँपालिका-२ जल्पा साठीकोलमा भरुवा बन्दुकले लागेर एक पुरुषको ज्यान गएको छ ।सोही ठाउँका ३८ वर्षीय विर बहादुर सारुको बुधबार विहान ज्यान गएको हो ।

विहान ३ बजे बन्दुक पड्केको आवाज सुने पछि उनका दाजु नर बहादुर सारु भान्सा कोठामा पुग्दा विर बहादुर घटनास्थलमै मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सारु आफैले १ नाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको र मंगलबार साँझ घर बाट हिँडेका थिए ।

भरुवा बन्दुक नियन्त्रण लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?