बगनासकालीमा जिपको ठक्कर बाट २ जना गम्भीर घाईते

पाल्पा, बगनासकाली गाउँपालिका – १ मा जिपले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् ।
रामपुर बाट तानसेन तर्फ जाँदै गरेको लु १ ज ४१७८ नं. को जिप र बिपरित दिशाबाट आउँदै गरेको लु १७ प ५६२४ नं. को मोटर साईकल सिद्धार्थ राजमार्गको मंगल चोकमा एक आपसमा ठक्कर खान जाँदा मोटरसाईकलमा सवार २ जना गम्भीर घाईते भएका हुन् ।

मंगलबार विहान भएको दुर्घटनामा महाशिला गाउँपालिका वडा नं. ०१ होर्स्याङ्दी पर्वतका ४५ वर्षिय राज बहादुर राना  र मोटरसाईकलको पछाडी सवार सोही स्थानका ४० बर्षिय गंगा राना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाईतहरुलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएको छ । जिप र जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?