रामपुरमा ह्युमपाइपमा डुबेर एक बालकको ज्यान गयो

पाल्पा , रामपुर नगरपालिका वडा नं. ५ पाल्पामा नहरकाे ह्युमपाइपमा(कुलाे) डुबेर एक बालकको ज्यान गएको छ । रामपुर नगरपालिका वडा नं. ५ मटेरीका याेगमाया थापाकाे १९ महिने छाेरा प्रतिम थापाको ह्युमपाइपमा डुबेर ज्यान गएको हो । उनको खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यान्ह १२ बजे तिर नहरकाे कुलाेकाे ह्युमपाइपमा डुवेर ज्यान गएको हो । डुवे पछि उपचारका लागी रामपुर अस्पताल पु¥याए पछि उनलाई मृत घोषणा गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?