आयआर्जनमा जुट्दै रामपुर ८ का महिलाहरु, रानीबासमा सोडा तथा सरफ उत्पादन सुरु


पाल्पा, रामपुर नगरपालिका ८ रानीबासका महिलाहरु आयआर्जनमा जुटेका छन् । जनचेतना आमा समुहका दिदीबहिनीहरुले सामुहिक रुपमा सोडा तथा सरफ उत्पादन थालेका हुन् ।
रामपुर नगरपालिकाले गत वर्ष सञ्चालन गरेको तालिममा सहभागी उनीहरुले सरफ उत्पादन गर्न सुरु गरेका छन् । उनीहरु शनिबार एक कार्यक्रम गरि विधिवत रुपमा सोडा तथा सरफ शुभारम्भ गरेका छन् । रामपुर नगरपालिकाको सहयोगमा उनीहरुले उत्पादन थालेका हुन् ।

सरफ उत्पादनको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले आर्थिक रुपमा उत्थानको लागि सुरुवात आफै बाट हुनु आवश्यक रहेको बताउनुभयो । थापालेयुवा, महिला, आदिबासी जनजाति संगै फरक क्षमता भएका समुदायलाई उद्यमशिल बनाउने नगरपालिका प्रयत्नशिल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नै ठाउँमा केही गर्छु भन्ने नयाँ उद्यमी तथा व्यवसायीहरुलाई नगरपालिकाले ऋण अनुदानको व्यवस्था गरेको छ । यसको भरपुर रुपमा सदुपयोग गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले महिलाहरुको उत्थानको लागि सिपमुलक तथा आयमुलक तालिमहरु सञ्चालन गरिरहेको बताउँदै आवश्यकताको अाधारमा थप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई सृजनशिल बन्न आग्रह गर्नुभयो । बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम, रामपुर ८ का वडा सदस्य मोहन प्रसाद श्रेष्ठ, रामपुर ५ का वडा सदस्य मायाँ नेपाली, गंगा माविका शिक्षक ज्ञान प्रसाद अर्याल, समाजसेवी धर्म बहादुर अाचार्य, नेपाली कांग्रेस रामपुरका नगर सचिव दिवाकर देवकोटा र नगर सदस्य सुर्य प्रसाद अर्यालले बोल्दै स्थापना संगै व्यवसायिक निरन्तरतामा ध्यान दिन आग्रह गरेका थिए ।

समुहका सचिव सविता अर्यालले अहिले २ लाख बराबरको लागतमा उत्पादन सुरु गरिएको बताउनुभयो । समुहका अध्यक्ष दिलमाया खाँणले नगरपालिकाले सञ्चालन तालिमको प्रेरणाले उत्पादन थालिएको जानकारी दिनुभयो । जनचेतना आमा समुहका अध्यक्ष दिलमायाँ खाँणको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष भगवती वाग्लेको स्वागत र सचिव सविता अर्यालको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?