म जन्मिएको मेरो गाउँ (कविता)


पाथीभेरा हिमाल वारि, सानो मेरो बर्दाकोट गाउँ
सम्पदाको धनी अति, सफा सुन्दर मेरो बर्दाकोट ठाउँ
हरियालीले भरिएको छ, सानो मेरो बर्दाकोट गाउँ
स्वच्छ हावा, चिसो पानी, घट्टे मजखोरी नाउँ ।।१।।

स्वर्गीय आनन्द पाईने, आहा ! कति राम्रो ठाउँ
डाँडापाखा झरनाले, भरिपूर्ण मेरो ठाउँ
यहि ठाउँमा फाल्ने गर्छ धेरै, मकै, कोदो गहुँ ।।२।।

हिजो बाजे रगे मण्डलको रोजाईमा परेको मेरो गाउँ
स्वर्ण भन्दा प्यारो लाग्छ, त्यही घुम्न जाउँ
स्वर्गीय आनन्द पाईने, आहा ! कति राम्रो ठाउँ ।।३।।

कला कौशल संस्कृति, भरिपूर्ण सम्पदाको ठाउँ
दुनियाँलाई भुलाई दिन्छ, आहा ! स्वर्ग जस्तै गाउँ
ढुङ्गाका छाना भएका र आधुनिक घर छाना जहाँ, भन्छन् आहा देख्दा सबैले कति राम्रो ठाउँ
होमस्टे छन् किसिम किसिमका, एक चोटी घुम्न आउँ ।।४।।

हिमालयको सौन्दर्य र झरनाको चिसो पानी हेर्दै रमाउँ
प्रकृतिको बरदानै हो हाम्रो, छविस पाथिभेरा नाउँ
पाथिभेरा, दानछडो, सुर्मा यिनै हुन यहाँका चर्चित नाउँ
नानै सुन्दा अति आनन्द आउने अत्यन्तै रमणीय ठाउँ ।।५।।

छबिस पाथिभेरा घट्टे मजखोरी म जन्मिएको गाउँ
दुनियाँलाई भुलाई दिन्छ, आहा ! कति राम्रो ठाउँ
स्वर्गीय आनन्द पाईने, आहा ! कति राम्रो ठाउँ ।।६।।

लेखक :- याम खाम्चा मगर
रामपुर १ बर्दाकोट, पाल्पा
उनी खुट्टाको सहायताले अक्षर मार्फत आफ्नो अभिव्यक्ति व्यक्त गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?