पाल्पा, फुटबलको सानो रुप हो ‘फुटसल’ । पछिल्लो समय देशभर यसको लोकप्रियता बढ्दै गएको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न तथा वर्षादका कारण फुटबल अभ्यास गर्न नपाएकाहरुले विकल्पमा फुटसल रोज्दै आएका छन् ।
यस्तै पाल्पाको मुख्य व्यापारिक केन्द्रको रुपमा विस्तारित रामपुरमा पनि फुटसल सञ्चालनमा आउन लागेको छ । मौसमका कारण अभ्यासमा खेल अभ्यासमा सास्ती झेल्दै आएका फुटबल खेलाडीहरुको आवश्यकतालाई मध्यनजर गर्दै रामपुर ५ का लेखनाथ रेग्मीले निजी क्षेत्र बाटै फुटसल निर्माण गर्न लाग्नु भएको हो । २०/४० मिटरको ८ सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुन लागेको रामपुर फुटसलको सोमबार शिलन्यास गरिएको छ । रामपुर ५ मटेरी भूपू बोर्डिङ्ग नजिकै निर्माण हुन लागेको फुटसलको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र जिल्ला प्रशासन कार्यालय स्याङ्जाकम सहायक सिडि शशीकुमार लम्सालले संयुक्त रुपमा शिलन्यास गर्नु भएको हो ।
फुटसलको शिलन्यास गर्नै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले फुटबलको विकासको लागि नगर भित्रै फुटसल निर्माण हुन लाग्नु खुशीको कुरा रहेको बताउनु भयो । उहाँले खेल क्षेत्रको विकासको निजी क्षेत्र संगै नगरपालिकाले पनि पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभयो । सहायक सिडियो लम्सालले स्थानीय स्तरमा रहेका खेल प्रतिभाहरु जन्माउन फुटसलले महत्वपूर्ण सहयोग गर्ने भएकाले समयमै पूर्वाधार निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।
फुटसलका सञ्चालक लेखनाथ रेग्मीले रामपुर क्षेत्रमा वर्षादमा खेलाडीहरुले अभ्यास गर्नै नसक्ने अवस्था रहेकाले खेलाडीहरुको ओवश्यकतालाई मध्यनजर गरि निर्माण गर्न लागिएको बताउनुभयो । ७५ बढीको लागतमा निर्माण गर्न लागिएको फुटसल आगामी बैशाख १ गते शुभारम्भ गर्ने गरि निर्माणलाई अघि बढाईने अर्का सञ्चालक शम्भु रेग्मीले जानकारी दिनुभयो ।