तानसेन ४ का वडाध्यक्ष शाक्यकाे उपचारको क्रममा निधन


पाल्पा, तानसेन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राजेन्द्रमुनी शाक्यकाे सोमबार निधन भएकाे छ । मृगौला सम्बन्धी समस्याका कारण उपचार गराईरहनु भएका वडाध्यक्ष शाक्यकाे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित शाक्यको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल ६० वर्षको उमेरमा निधन भएको हाे ।शाक्यले मुटु अस्पतालमा विगत लामो समयदेखि मृगौलाको डायलिसिस गराउँदै आउनु भएको थियो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । २०१७ माघ २३ गते जन्मिनु भएको उहाँको श्रीमती, १ छाेरा र १ छाेरी हुनुहुन्छ । मंगलबार बिहान श्रद्दाञ्जलीका लागि शव तानसेन नगरपालिकामा राखिने बताइएकाे छ । शाक्यकाे शव बाैद्धिक परम्परा अनुसार अन्त्येष्टी गरिने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?