रामपुर १ र २ का नागरिकलाई शिविर बाटै अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र


पाल्पा, रामपुर नगरपालिकाले वडा नं. १ र २ का अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको छ । अपाङ्गता भएका नागरिक तथा जेष्ठ नागरिकहरुको सहजताको लागि वडा नं. १ को कार्यालय विर्ताबारीमा शिविर सञ्चालन गरी अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण गरेको हाे ।

नगरपालिका कार्यालय बेझाँड बजार बाट पर रहेका वडाका नागरिकहरुको माग र आवश्यकतलाई मध्यनजर गर्दै सञ्चालित शिविर मार्फत ३६ जना जेष्ठ नागरिक र १५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र प्रदान गरेको थियो । अपाङ्गता परिचय पत्र मध्ये ३ जनाले रातो, ४ जनाले नीलो, ६ जनाले पंहेलो र २ जनाले प्राप्त गरेको रामपुर नगरपालिकाका महिला विकास सहायक निरिक्षक पुजा परियारले जानकारी दिनुभयो ।

साथै शिविर मार्फत नगरपालिकाले कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर मार्फत आँखा परिक्षण पनि गरेको थियो । निशुल्क आँखा परिक्षण शिविर बाट १ सय २१ जनाले सेवा लिएका छन् । जस मध्ये ६ जनाको मोतिया विन्दुको अप्रेसन गर्नु पर्ने देखिएको आँखा उपचार केन्द्रका प्रमुख सुन्दर रानाले बताउनुभयो ।

शिविरको रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले शुभारम्भ गर्नु भएको थियो । शिविरको शुभारम्भ गर्दै उहाँले जनताको सजता र सेवामा सबैको समान पहुँच रहोस् भन्ने उद्देश्यले शिविर मार्फत सेवा प्रदान गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा एकृकित सेवा सहितको शिविर पनि आवश्यकता अनुसार सञ्चालन गर्दै जाने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले नगरपालिका कार्यालयमा सेवा लिनका लागि पर रहेका नागरिकहरुको लागि मध्यनजर गरेर बाँकी वडाहरुमा पनि घुम्ती शिविर मार्फत परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो । शिविर संगै रामपुर नगरपालिकाका कर्मचारीहरुले वृद्ध एवं अशक्तहरुलाई घर मै पुगेर पनि परिचय पत्र वितरण गरेको थियो ।

शिविरमा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेल, वडा नं. २ का वडा अध्यक्ष तारा बहादुर थापा, रामपुर १ का वडा सदस्य गम बहादुर मल्ल, मायाँ जर्घा, रामपुर नगरपालिकाका योजन अधिकृत कपिल बहादुर खाँण, रामपुर अस्पतालका डाक्टर कुशल खनाल, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिम बहादुर कार्की, अपाङ्ग अभिभावक मैत्री संघका अध्यक्ष युवराज रेग्मी, कालीगण्डकी आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेल लगाएत जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

शिविर शुभारम्भ कार्यक्रम रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मित्रलाल कंडेलको अध्यक्षता, रामपुर अपाङ्गता परिचय पत्र वितरण समितिका सदस्य मिठ्ठु मायाँ सुनारको स्वागत र रामपुर नगरपालिकाका महिला विकास सहायक निरिक्षक पुजा परियारले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?