जगत भञ्ज्याङ बहुद्देश्य सहकारीको १३ औं साधारण सभा सम्पन्न


तिलक गुरुङ
वालिङ, जगत भञ्ज्याङ बहुद्देश्य सहकारी संस्था लिमिटेड वालिङ नगरपालिका ५ स्याङ्जाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार एक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।

संस्थाका अध्यक्ष याम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम वालिङ नगरपालिका ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पंगेनीले गाउँमा रहेका सानासाना पुँजीको संकलन गरी आर्थिक आयस्तर सुधारमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था वालिङ ६ का अध्यक्ष मुक्ती प्रसाद पाण्डे, वालिङ नगरपालिकाका कानुनी सल्लाहाकार नर बहादुर पौड्यल, वालिङ नगरपालिकाका कार्यपालिका सदस्य जमुना केसी, वडा नं. ५ का वडा सचिव डोलजङ गुरुङ, वडा सदस्य महेश गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो । साधारण सभामा संस्थाका कोषाध्यक्ष चेत कुमार शाहीले १ करोड ९३ लाख ४३ हजार ९ सय १६ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम छवि आलेको स्वागत र सुनिता केसीको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?