पाल्पा, रामपुरमा शनिबार सम्पन्न ‘सुपर सिक्सेस क्रिकेट कप–२०७७’ को उपाधी रक एक्सआई क्रिकेट क्लव वालिङले हात पारेको छ । ‘राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ फोर स्टार क्रिकेट क्लव रामपुर–५ को आयोजनामा भएको प्रतियोगिताको उपाधी वालिङले हात पारेको हो ।
उपाधीको लागी भएको फाईनल खेलमा आयोजक फोर स्टार क्रिकेट क्लवलाई ६ रनले पराजित गर्दै रक एक्सआई क्रिकेट क्लवले उपाधी जितेको हो । टस जिटेर व्याटिङ्ग रोजेको रक एक्सआईले आयोजक फोर स्टार सामु ६ ओभरमा ९४ रनको टार्गेट प्रस्तुत गरेको थियो । तर लक्ष्य पछ्याउने क्रममा आयोजक फोर स्टार ६ ओभरमा ८७ रनमा सिमित भएको थियो ।
प्रतियोगिताको विजेता रक एक्सआईले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेता आयोजकले नगद १० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा बेष्ट बलर आयोजक समुहका नारायण थापा, वेष्ट व्याट्स म्यान इस्लामिक सक्रिय युवा समाजका शोयव अक्टर र म्यन अफ दि सिरिज रक एक्सआई का विश्व थापा भएको खेल संयोजक दिपेन रानाले जानकारी दिनुभयो ।
विजयी समुहलाई एक कार्यक्रमका विच रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पुरस्कार प्रदान गर्नु भएको थियो । पुरस्कार प्रदान गदै थापाले युवा प्रतिभालाई राष्ट्रिय स्तर सम्म लैजान स्थानीय स्तरमा हुने प्रतियोगिताले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष शंकर बहादुर खाँणले युवाहरुले चालेको कदमको प्रशंसा गर्नु भएको थियो । फोर स्टार क्रिकेट क्लवका अध्यक्ष सन्दिप गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनिल सुनारले गर्नु भएको थियो ।