रामपुरमा नेपाल दलित संघको वडा  समिति गठन

                                                                                                                                                      पाल्पा -रामपुर नगरपालिका वडा नं. २ पाल्पामा नेपाल दलित संघ गठन भएको छ । रामपुर २ पाल्पामा शनिबार  बसेको दलित समुदायको भेलाले बसन्त नेपाली अध्यक्ष रहेको ७ सदस्यिय नेपाल दलित संघ रामपुर २ पाल्पा गठन गरेको हो । समितिको उपाध्यक्षमा जुनामाया नेपाली , सचिवमा माधव विक , कोषाध्यक्ष शोभा परियार , र सदस्यमा मङ्गली सार्की , विष्णुमाया सार्की , भिम कुमारी सार्की , खुम कुमारी विक , अमृत नेपाली , सोम बहादुर सार्की र जित बहादुर सार्की रहनु भएको छ । नेपाल दलित संघ रामपुर नगरकार्य समितिका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा भएको भेलामा नेपाल दलित संघका धन बहादुर सुनार , अर्जुन सुनार , खम बहादुर विक , कृष्ण दर्जी लगाएतले बोल्दै दलित समुदायको उत्थानका लागी समुदाय भित्रको एकताको खाँचो रहेको बताउदै नवगठित कार्य समितिका पदाधिकारीहरुलाई बढाई सहित सफलकार्यकालको शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन नेपाल दलित संघ रामपुर पाल्पाका सचिव शंकर सुनारले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?