पाल्पा, क्रियाशिल मगर उत्थान समुह रामपुर ७ किसानबारी पाल्पाले समुदायका जेष्ठ नागरिक तथा समुहमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । समुहको १७ औं वार्षिक उत्सव कार्यक्रमको अवसरमा समुदायका ७० वर्ष भन्दा माथिका ६ जना जेष्ठ नागरिकलाई नगद, प्रमाण पत्र सहित दोसला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा देव बहादुर ढेंगा, धनमायाँ आले, चुमन बहादुर सोमै, बम कुमारी थापा, गोकुल बहादुर राना र दल बहादुर सोती रहनु भएको छ । त्यस्तै वार्षिक उत्सवको अवसरमा ट्याङ्गा लाफाकुङ्ग रेन्झा क्लवका संयोजक बलराम राना र भारतिय सेनामा कार्यरत रहि पदोन्नति हुनु भएका कृष्ण बहादुर सुनारीलाई समेत सम्मान गरिएको थियो । क्रियाशिल मगर उत्थान समुहको सभाहल किसानबारीमा भएको कार्यक्रम समुहका अध्यक्ष राम बहादुर हिस्की थापाको अध्यक्षता र समुहका सल्लाहाकार संयोजक तारा बहादुर विरकट्टा मगरको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी विरकट्टाले समाजको जेष्ठ नागरिकहरुको सम्मानमा समुहले गर्दै आएको कार्य निकै प्रशंसनिय रहेको बताउनुभयो । साथै उहाँले हाम्रो भाषा र संस्कृतिको जगेर्ना गर्दै अघि बढ्नु अबको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा समुहका प्रबन्ध निर्देशक बल बहादुर थापा मगर, सल्लाहकार सदस्य खगीसरा सिंजाली मगर, समुहका सह–कोषध्यक्ष विष्णु बहादुर राना मगर, कार्यसमिति सदस्य दुर्गा देवी राना, सीता राना क, सीता राना ख, जमुना राना, दिल बहादुर सुनारी, सदस्यहरु भवीसरा विककट्टा, खुम बहादुर थापा र बसन्ता कुमारी थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष हुम माया राना मगरले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका अध्यक्ष राम बहादुर हिस्की थापा मगरले समुहले गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै समाजलाई आजको स्थान सम्म ल्याउन सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको बताउनुभयो ।
समुहका उपाध्यक्ष रेम बहादुर रानाको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सहसचिव सुनिता राना मगरले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव केश बहादुर थापा मगरले गर्नु भएको हो ।