नेपाल भारत म‌ैत्री संघ पाल्पाको नेतृत्वमा पुन : श्रेष्ठ


पाल्पा, नेपाल भारत मैत्री संघ जिल्ला शाखा पाल्पाको अध्यक्षमा पुन: कृष्ण प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । सोमबार रामपुरमा सम्पन्न चौथो मैत्री सभाले आगामी कार्यकालको लागि सर्वसहमतिमा निवर्तमान अध्यक्ष श्रेष्ठको नेतृत्वमा १५ सदस्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नारायण प्रसाद शर्मा, सचिवमा भेषराज सुवेदी, कोषाध्यक्षमा मञ्जु भट्टराई र सदस्यहरुमा मधुसुदन भट्टराई, भूगोल वैजु, विनोद कुमार श्रेष्ठ, खुम बहादुर बयम्बु, राजकुमार श्रेष्ठ, सीता डोटेल, कल्पना भण्डारी, श्रृजना पौडेल, लक्ष्मी ज्ञावली र मोहम्मद ताजिम शेष रहनु भएको छ ।

कार्यसमितिको आगामी बैठकले योगदानको आधारमा थप ५ जनालाई सदस्यमा मनोनयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?