जाल हानेर यसरी निकालिदै छ तालपोखराको माछा

पाल्पा, मुलुकको १ सय पर्यटकिय गन्तव्यमा परेको तालपोखरामा यस वर्ष मर्मत गरिदै छ । तालमा राखिएको पानी सोसिएर चाँदै सुक्ने गरेको भन्दै तालको चारैतिर ढलान सहितको पर्खाल लगाउन लागिएको छ ।

पर्यटन बोर्ड बाट विनियोजन भएको ५० लाख रकम बाट काम गर्नको लागि तालपोखरालाई केही समय देखि सुकाईएको छ । तालको पानी सुकाईए पछि पोखरीमा रहेको माछा निकालिएको छ । ताल सुकाउँदा माछाको व्यवस्थानमा समस्या हुने भएपछि जालको सहायताले माछा निकालेर विक्री गरिएको छ । तालको पश्चिम भाग तर्फको पानीमा रहेका माछाहरु निकालिएको हो ।
हेरौं यसैक्रममा ताल बाट माछा निकाल्दै गरेका केही दृश्यहरु ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?