रामपुरमा यसरी मनाईयो ३९ औं राष्ट्रिय मगर एकता दिवस (तस्वीर र भिडियोहरु सहित)

पाल्पा, एकिकृत मगर उत्थान समाज र नेपाल मगर संघ रामपुरले संयुक्त रुपमा आज राष्ट्रिय मगर एकता दिवस मनाएको छ । एकिकृत मगर उत्थान समाज रामपुरको १३ औं वार्षिक उत्सव तथा मगर एकता दिवस मगरी कला, संस्कृति, भेषभुषा र खाना प्रदर्शनका साथ भव्य रुपमा मनाएको हो ।

मगर दिवस विशेष कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेशका सांसद तुलाराम घर्ति मगरले राजनैतिक वितृष्णाका कारण मगर समुदाय पछि परेको बताउनुभयो । उहाँले मगर समुदाय इमान्दार हुने भएकाले पनि राजनितीमा एक पटक पराजित हुने वित्तिकै पछि हट्ने बानी रहेको बताउँदै अब अग्रभागमा आउनु आवश्यक रहेको बताउनुभयो । उहाँले विगतका हाम्रा पुर्खा पछि पर्नुमा अन्य समुदायको प्रभाव रहेकोमा अहिले पछि पर्नु हाम्रै दोष र कमजोरी भएको बताउँदै अरुलाई गाली गरेर होईन आफै सक्षम भएर बढ्नु आवश्यक रहेको बताउनुभयो । संविधानले अधिकार प्रदान गरेपनि हामी हाम्रै व्यवहारले पछाडी रहेको बताउँदै नाच्न र गाउने संगै उद्योग तथा व्यवसायमा पनि लाग्नु आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका सासद युवराज खनालले संविधानमा आदीबासी जनजातिको अधिकार प्रष्ट रुपमा लेखिएकाले यसको सहि सदसपयोग र कार्यान्वयनमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले मगर समुदायको उत्थानको लागि संघ, प्रदेश सरकाले आफ्ना कार्यक्रम गरिरहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मगरी संस्कृतिमा आधारित उद्यमलाई थप परिस्कृत गरेर अघि बढ्न सके समुदायलाई आर्थिक रुपमा सवल बनाउन र संस्कृतिको विकास पनि हुने बताउनुभयो । उहाँले समुदायका युवा तथा महिलाहरुलाई सक्षम बनाउन तर्फ अग्रसर हुनु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगर भित्रका आदीबासी जनजाति समुदायको पहिचानका लागि नगरले सक्दो प्रयास गरिरहेको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसारका कार्यक्रम गर्ने बताउनुभयो ।

कार्यक्रममा एकिकृत मगर उत्थान समाजका सल्लाहाकार संयोजक क्याप्टेन रोमन बहादुर रानाले हाम्रो देश आफैमा सांस्कृतिक विविधता रहेको देश भएकाले सबै भन्दा पहिला मुलुकको समृद्धिका लागि संस्कृतिको संरक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य जित बहादुर थापा, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा रामपुरका नगर कमिटि अध्यक्ष कमलराज भट्टराई, एकिकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य क्याप्टेन धन बहादुर राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाल मगर संघ पाल्पाका पुर्व उपाध्यक्ष बोम बहादुर थापा, नेपाल मुस्लिम संघ पाल्पाका सभापति हजिल दिन मियाँ र रेडियो पाल्पाका समाचार प्रमुख दान बहादुर हिस्कीमगर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा मगर समुदायका जेष्ठ सदस्य डुमा कुमारी सिंजाली र लिल बहादुुर थापा र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने तृसना पातालाई सम्मान गरेको थियो । कार्यक्रमको अवसरमा एकिकृत मगर उत्थान समाज अन्तर्गतका विभिन्न समुहले झ्याउरे, कौरा, सालैजो भाका सहितका झाँकी प्रस्तुत गरेका थिए । साथै हरिनास गाउँपालिका क्याक्मीको यानुबाजा समुहको विषेश प्रस्तुति समेत रहेको थियो । त्यस्तै दिवस विशेष समारोहमा १८ समुहका व्यानर, मगरी भेषभुषामा उपस्थित हजारौंको सहभागीतामा झाँकी सहित बेझाँड बजार परिक्रमा गरेको थियो ।

बालक देखि वृद्ध सम्मको ¥यालीमा सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा लागिगुराँस मगर समुह, क्रियाशिल मगर समुह र एकता मगर समुहले मगरी संस्कृति अनुसार तरुल, बटुक, सेलरोटी, बंगुरको मासु प्रदर्शन सहित विक्री वितरण गरेका थिए । कार्यक्रममा कलाकारहरु चिना थापा, निश्चल थापा, भक्त दर्लामी लगाएतको प्रस्तुति चलिरहेको थियो । एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्कीको अध्यक्षतामा भएको कार्यक्रम सहअध्यक्ष नरेन्द्र कुमार जर्घाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन एकिकृत मगर उत्थान समाजका सचिव राम बहादुर राना र रेडियो पाल्पाका कमला सोमैले गर्नुभएको हो । यस्तै ३९ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामपुर ४ शान्तिदिप उद्यान पार्कमा रहेको प्रथम शहीद लखन थापाको शालिकमा माल्र्यापण गरिएको थियो ।

लुम्बिनी प्रदेशका सांसद तुलाराम घर्ती, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार संयोजक क्याप्टेन रोमन बहादुर राना, नेपाल मगर संघका लुम्बिनी प्रदेश सदस्य क्याप्टेन धन बहादुर राना, समाजका अध्यक्ष राम बहादुर हिस्की थापा, अक्षयकोष समिति संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार बसन्तराम ठाडा लगाएतले खोप्टारको स्थानिय महिला समुह र युवा समुहको समन्वयमा माल्यार्पण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन लखनपार्क व्यवस्थापन समितिका लुक बहादुर विरकट्टाले गर्नु भएको हो ।

यतामगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको दिनको सम्झनामा देशैभरका मगर समुदायले शनिबार ३९ औं राष्ट्रिय मगर एकता दिवस मनाएको छ । देशैभरका मगर समुदाय तथा समुदायको उत्थानको लागि लाग्दै आएका नेपाल मगर संघ लगाएत विभिन्न संघ संस्था, सरकारी क्षेत्रको प्रयासमा आज मगरी झाँकी प्रदर्शन सहित सांस्कृतिक जगेर्नाका कार्यक्रम भएको हो । पाल्पामा रामपुर संगै निस्दी गाउँपालिका, तानसेन नगरपालिका,माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पूर्वखोला गाउँपालिकामा समेत कार्यक्रमहरु भएका थिए । दिवस मनाइरहेकै बेला मगरको भेषभूषा संस्कृतिलाई झल्काउने पोशाकमा सहभागी भएका मगर समुदायका व्यक्तिहरु निकै नै उत्साहित देखिएका थिए ।

तस्वीरमा मगर दिवस

साथै कार्यक्रमकाे बारेमा विस्तृत भिडियाे हेर्न तलकाे लि‌कमा जानुहाेस्

भिडियाे भाग १

भिडियाे भाग २

भिडियाे भाग ३

भिडियाे भाग ४

भिडियाे भाग ५

भिडियाे भाग ६

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?