दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुरा चुनौतीपूर्ण : सामाजिक विकास मन्त्री बराल

पाल्पा, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुरा निकै चुनौती पूर्ण रहेको बताउनु भएको छ । निक साइमन्स इन्स्टिच्युटको समन्वयमा रामपुर अस्पतालमा सुरु भएको अप्रेशन सेवाको शुभारम्भ गर्दै मन्त्री बरालले मन्त्रालय बाट डाक्टरहरु पठाए पनि विच बाटै बाट फर्किने गरेको बताउनुभयो ।

दुर्गममा सरुवा भएमा विच बाटै हराउने गरेको यथार्थ बताउँदै बरालले भन्नुभयो, ‘मेरो काम मन्त्रालयमा के हन्छ भने एक लेभलको काम डाक्टरहरुलाई काउन्सलिङ गर्ने, डाक्टर काठमाडौं बाट आउँछ डाक्टर आउनु भन्दा अगाडी १० जनाको फोन त आईसकेको हुन्छ । अनि राख्ने काउन्सिलिङ गर्ने ।’ उहाँले यी कारणहरुले दुर्गममा स्वास्थ्यकर्मी पठाउन चुनौति भए पनि मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो । उहाँले उहाँले दुर्गम ठाउँमा स्वास्थ्य नपु¥याईकन समाजवाद नआउने बताउनु भयो । बरालले भन्नुभयो, ‘कांग्रेसले पनि समाजवाद भनेको छ कम्युनिष्टले पनि समाजवाद भनेको छ । ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा प्राप्त नगरी कनै समाजवाद कसरी आउँछ ?’

बरालले स्वास्थ्यकर्मी पठाउने कुरा चुनौति देखिएपछि सम्बन्धित अस्पतालले आफ्नै स्थान बाट स्वस्थ्यकर्मी भर्ती गर्न सकोस भन्ने लक्ष्यका साथ राख्न पाउने अख्तियारी अस्पताललाई प्रदान गरेको बताउनुभयो । उहाँले निजी क्षेत्र संग समन्वय गरेर स्वास्थ्य सेवालाई सहज बनाउनका लागि प्रयास गरिरहेको बताउनुभयो । साथै अस्पताललाई राम्रो बनाउन सके मात्र अन्य क्षेत्रको पनि विकास हुने भन्दै स्थानीय समुदायले सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले मन्त्रालयले आधारभूत सामाग्रीहरु पुरा गर्दै गएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद युवराज खनालले रामपुर अस्पतालमा अप्रेसन सहितको सेवा सुचारु हुनु खुशीको कुरा रहेको बताउँदै यसले गण्डकी बेशीका जनतालाई थप राहत प्रदान गर्ने बताउनुभयो । उहाँले अस्पतालमा समाग्री उपलब्ध गराउन, जनशक्ति थप गर्न पहल गरिरहेको बताउनुभयो । उहाँले रामपुरमा दक्ष जनशक्तिलाई आकर्षित गर्न किन सकिएन भन्ने विषयमा सोच्ने समय आएको बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सेवा शुभारम्भ भए पनि नियमित सञ्चालनमा चुनौति रहेको भन्दै यसमा सरोकारवालाहरुले सोच्ने समय आएको बताउनुभयो । उहाँले ब्लड बैंक स्थापनामा पहल गर्नु पर्ने बताउँदै अस्पतालको विकासको लागि नगरले आफ्नो क्षमता अनुसार पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर अस्पताल व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष फणेश्वर गौतमले कागजमा उल्लेख भएका विषयलाई व्यवहारमा लागु गर्नु आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद कुमार गिरीले अस्पतालको लागि आवश्यक सामाग्री उपलब्ध गराउँदै आएको बताउँदै चिकित्सकहरुको आत्मबल वृद्धिमा ध्यान दिन स्थानियहरुलाई अनुरोध गर्नुभयो । निक साइमन्स इन्स्टिच्युटका कार्यकारी निर्देशक डाक्टर अनिल बहादुर श्रेष्ठले अस्पतालको विकासको लागि विरामीहरुलाई विश्वास दिलाउन पर्ने बताउनुभयो । उहाँले सबैको लगाबले मात्र अस्पताल अघि बढ्ने बताउनुभयो ।

निक साइमन्स इन्स्टिच्युटका वरिष्ठ कार्यक्रम निर्देशक डाक्टर कशिम शाहले इन्स्टिच्युटले गर्दै आएका कामको बारेमा जानकारी दिदै लुम्बिनी प्रदेशका १७ वटा अस्पतालमा अप्रेसन सेवा रहेकोमा आज बाट १८ वटामा विस्तार रहेको बताउनुभयो । उहाँले अस्पतालका स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसारको तालिम समेत प्रदान गर्दै आएको बताउनुभयो । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले अस्पतालले प्रदान गर्ने सेवा र वर्तमान अवस्थाको बारेमा जानकारी दिदै अप्रेसन सेवा सुरु भए संगै अप्रेसन सहितको सुत्केरी सेवा, एपेण्डिक्स, हाईड्रोशिल र हर्नियाँको अप्रेशन गरिने बताउनुभयो ।
रामपुर अस्पताल विकास समितिका अध्यक्ष बासुदेव शर्मा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पताल प्रशासन सहायक हिरा वि.क.ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?