निस्दी ३ र ५ लाई जोड्ने पाकरीखाेलामा मोटरेबल पक्की पुलकाे शिलन्यास

पाल्पा, निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको ढुङ्गाना बेसी र वडा नं. ३ को झिरुवास जाेड्ने पाकरीखाेलामा मोटरेबल पक्की पुलकाे शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेश भौतिक पुर्वाधार मन्त्रालय मार्फत निर्माण हुन लागेको पुलको लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चाैधरीले शिलन्यास गर्नु भएको हो ।

बेलडाँडा, ढुङ्गाना बेसी, पाकरीखाेला झिरुबास सडकमा अन्तर्गतको पुल शिलन्यास गर्दै मन्त्री चाैधरीले जनताकाे सहयाेग विना विकासका काम पुर्ण नहुने बताउनु भयो । संघियता लागू भए संगै लुम्बिनी प्रदेशमा विकासका थुप्रै काम भएकाे जानकारी गराउनुभयो । उहाँले मानव विकास सुचाकाङ्कमा पाल्पा प्रदेसका १२ जिल्ला मध्ये पाल्पा अगाडी नै रहेकाे बताउनु भयो । प्रदेशमा १ सय ५४ वटा निर्माणाधिन र बन्ने प्रक्रियामा रहेका पक्की पुल मध्ये पाल्पामा १५ वटा निर्माणाधिन अबस्थामा रहेकाे बताउनु भयाे । मन्त्री चौधरीले रामपुर कपुरकाेट सडक प्रदेशकाे गाैरवकाे अायाेजनाकाे रुपमा काम अघि बढेकाे बताउनु भयाे ।

लुम्बिनी प्रदेशका सांसद नारायण प्रसाद अाचार्यले निस्दी गाउँपालिका अबको २ वर्ष भित्र विजुलीको पहुँच पुग्ने बताउँदै उपलब्ध स्रोत साधनकाे सहि प्रयाेग गरि सबैलाई विकासकाे अनुभूति हुने काम गर्ने बताउनु भयाे । लुम्बिनी प्रदेशका सांसद युवराज खनालले अावश्यकता अनुसार निमार्ण भईरहेका याेजनाका बारेमा जानकारी गराउनु भएकाे थियो ।

कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्रालयका निर्देशक इन्जिनियर भिमार्जुन पाण्डेले २०७७ पौष २९ गते निमार्णको लागि नयाँ बाटाे दर्शन जि एस जेभी वालिङले २०७८पाैष २८ गते सम्पन्न गर्ने गरी सम्झाैता गरेकाे जानकारी दिनुभयो । २० मिटर लामाे पुलको चौडाई ९ मिटर र दुबै साईडमा पैदल मार्ग रहने छ । प्रदेश भाैतिक पुर्वाधार विकास मन्त्रालयकाे २ कराेड २१ लाख ४ हजार ३ सय ७९ रुपैयाँकाे लागतमा काम सुरु भएको हो । पुलकाे प्रादेशिक सडक पुल समन्वय कार्यालय नेपालगञ्जकाे सहयाेगमा सडक पुर्वाधार विकास कार्यालय पाल्पाले विशेष रेखदेख गर्नेछ । पक्कि पुल अउदाे २०७८पाैष २८ गते सम्पन्न गरि सक्नु पर्ने छ । पुल निर्माण भए संगै बेलडाँडा, ढुङ्गाना बेसी, झिरुवास हुँदै नवलपुरको हुप्सेकोट सडकमा थप सहज हुनेछ ।

कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले गाउँपालिकामा भएका विभिन्न याेजनाकाे जानकारी गराउँदै पुर्वाधार निर्माणका कार्य तिव्रगतिमा भैरहे पनि अझै निस्दीबासीलाई विकासकाे अनुभूति गराउन नसकिएकाे बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रम निस्दी ३ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पाटाकाे स्वागत र निस्दी ५ का वडा अध्यक्ष भिम बहादुर बयाम्बुको सञ्चालनमा भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?