पूर्वि पाल्पा मजदुर व्यवस्थापन समितिको साधारण सभा सम्पन्न , अधिवेशन विषेश कारणबस हुन सकेन

 

पाल्पा‍- पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति रामपुर पाल्पाको सातौँ साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको अधिवेशन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहाद्ुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन गर्दै नगर प्रमुख थापाले नगरको विकासका लागी भौतिक पूर्वाधारको विकास अत्न्तै महत्वपूर्ण विषय रहेको बताउदै भौतिक संरचना निर्माण गर्दा नगरपालिकाको नियम अनुसार निर्माण गर्न आग्रह गर्नुभयो । साथै उहाँले प्राविधिकले दिएको नक्सा अनुसार घर तथा भवन निर्माण नभएको पाईएकोले अब नक्सा अनुसार घर नबनाउनेलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो । नगर प्रमुख थापाले मजदुरहरुको हकहितका लागी ऐन कानुन बनिसकेकाले अब छिट्टै कार्यान्वयनमा ल्याईने बताउनुभयो । रामचे सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले हरेक मजदुरको सुरक्षित भविष्यका लागी समितिले विमाको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले मजदुरहरुको पारिश्रमिकमा एकरुपता र निर्माणमा गुणस्तरियता कायम गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न संघ संस्थाहरुको तर्फबाट कालिगण्डकी फाउण्डेसनका सचिव सिता डोटेल , पत्रकारहरुको तर्फबाट बन्धना पोखरेल लगाएतले बोल्दै अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो । साधारण सभा तथा अधिवेशनको अवसरमा मजदुर व्यवस्थापन समितिमा आवद्ध ५७ जना मजदुरहरुलाई नगद सहित सम्मान गरेको थियो । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका सचिव जायश्वर पाण्डेको स्वागतबाट शुरु भएके कार्यक्रममा सहभागिलाई धन्यवाद बरिष्ठ उपाध्यक्ष यम बहादुर सुनारले ज्ञापन गर्नु भएको थियो भने संचालन महासचिव निलकण्ठ भण्डारीले गर्नु भएको थियो । नयाँ नेतृत्व चयनका लागी अधिवेशन हुने भनिए पनि विषेश कारण बस अधिवेशन भने हुन नसकेको समितिका महासचिव निलकण्ठ भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?