“समान कामको समान ज्याला “विषयक अन्तरक्रिया कार्यक्रम रामपुरमा सम्पन्न

 

पाल्पा-  एक सय एघारौँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस सोमबार विविध कार्यक्रम गरी देशै भर मनाईएको छ । “मानव अधिकार , शान्ति र विकास , न्याय र सम्बृद्धि लक्षित समुदायको निकास ” भन्ने नारा सहित देश तथा विदेशमा यो दिवस मनाईएको छ । भने नेपालमा “महिलाको सुरक्षा सम्मान र रोजगार , सम्बृद्ध नेपालको आधार” भन्ने नाराका साथ महिला श्रमिक दिवस मनाईएको छ । दिवसको अवसरमा रामपुर पाल्पामा पनि सोमबार विविध कार्यक्रम सम्पन्न भएको छ । यस्तै दिवसको अवसरमा “समान कामको समान ज्याला ” विषयक अन्तरक्रिया कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । सहयात्री नेपालको आयोजनामा  रामपुर ५ वेझाँडमा   अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले महिला श्रमिक दिवस उत्साहका साथ मनाए पनि महिला हिंसाको अन्त्य नभएको बताउनुभयो । उहाँले समाजमा विभिन्न खालका हिंसा रहेको बताउदै त्यसको अन्त्य गर्न नसकिए पनि न्यूनिकरणका लागी सचेत वर्ग एक भएर व्यापक रुपमा लाग्नु पर्ने बताउनुभयो । साथै नगरपालिका भित्रका महिलाहरुको सिप विकास र समृद्धिका लागी महिला महिला विचको एकताको खाँचो रहेको औल्याउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले महिलाहरुको अधिकार र कानुनि व्यवस्थाका विषयमा बौल्दै महिलाहरुमा सहने बानी भएका कारण हरेक ठाँउमा हिंसा हुने गरेको बताउनुभयो । उहाँले कानुनी ज्ञानको कमीका कारण पनि महिला हिंसा भएको भन्दै अभियान सहित कानुनि सचेतनाका कार्यक्रम गर्न सके हिंसा न्यूनिकरण गर्न सकिने बताउनुभयो । यस्तै रामपुर उद्योग वाणिज्य संघ रामपु्र पाल्पाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले दिवसका अवसरमा कुनै कार्यक्रम गरेर मात्र महिलाहरु माथि हुने हिंसा कम गर्न नसकिने बताउदै सार्थकता पाउने खालका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले हिंसा न्यूनिकरणका लागी नारी नारी विचको हिंसाको अन्त्य हुनु पर्ने भन्दै महिलाहरुको सिप र क्षमताको स्थायित्व सहित समृद्धिका लागी महिला लक्षित विभिन्न कार्यक्रमहरुलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा समृद्धि महिला समाज नेपाल रामपुर पाल्पाका अध्यक्ष सावित्रा गैरे , पत्रकारहरुको तर्फबाट सामुदायिक रेडियो रामपुरका रमा भण्डारीले बोल्नु भएको थियो । कार्यक्रमका अवसरमा सुमन खाम्चा र सिता ढकाल गरी दुई जना उत्कृष्ट श्रमिक महिलाहरुलाई सम्मान गरिएको थियो । सहयात्री नेपालका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सहयात्री नेपालका उपाध्यक्ष सरस्वति भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद सहयात्री नेपालका सल्लहाकार सदस्य दुर्गा देवि रानाले ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव बन्धना पोखरेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?