रामपुरकाे महिला म्याराथन दौडको उपाधि रमा श्रेष्ठलाई

पाल्पा-  अन्तरष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सोमबार रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । दिवसको अवसरमा रामपुर नगरपालिकाले आयोजना गरेको म्यारनथनको उपाधि रमा श्रेष्ठले जित्नु भएको छ । २ सय ३७ जना सहभागि मध्ये २ सय ३६ जनालाई पछि पार्दै श्रेष्ठले म्याराथनको उपाधि जितेको हो । प्रतियोगितामा द्धितिय निसा खनाल र तृतिय रितु कुमाल भएका छन् भने १० जना सान्तवना भएका छन् । प्रतियोगिताको उपाधि संगै रमा श्रेष्ठले प्रमाण पत्र सहित नगद १० हजार रुपैयाँ पुरस्कार प्रप्त गरेको छ । द्धितिय , तृतिय र सान्तवना हुनेले क्रमस नगद ५ हजार , २ हजार ५ सय र १ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको विजेतालाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको थियो । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले गर्नु भएको थियो । रामपुर वेझाँड बजारबाट शुरु भएको दौड प्रतियोगिता सानीअमराई कालिआँप किसानबारी हुदै पुन वेझाँड बजारमा आई सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?