लायन्स क्लव अफ रामपुरको स्वागत, सम्मान तथा फेलोसिप कार्यक्रम सम्पन्न

पाल्पा, लायन्स क्लव अफ रामपुर पाल्पाले स्वागत, सम्मान तथा फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ । होटेल न्यू श्रीनगर बेझाँडमा कार्यक्रम गरी क्लवले नयाँ सदस्यलाई स्वागत, क्लवका गतिविधिमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान संगै पाल्पामा क्रियाशिल लायन्स क्लवहरु विचको फोलोसिप कार्यक्रम गरेको हो ।

कार्यक्रमको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिका सम्पूर्ण संघ संस्थाहरु संग सहकार्य गरेर समाज रुपान्तरण संगै विकासमा अघि बढ्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले लायन्स क्लवले कोभिडको समयमा नगर क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्दै लायन्स आफैमा विशुद्ध सामाजिक संस्था हो भनेर प्रमाणित गरेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले महिलाहरुलाई पनि सामाजिक कार्यमा अग्रसर हुनका लागि प्रेरित गर्न लायन्सले बाटो देखाएको बताउँदै नगर भित्रका महिलाहरुलाई सामाजिक सेवामा एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबैको सहयोगले समाजमा परेका समस्याहरुको सहजै समाधान गर्न सकिने बताउनुभयो ।

लायन्स क्लव अफ ३२५ विटुका डिष्ट्रिक स्टाटेजि चिफ सुशील प्रधानले लायन्य क्लव अफ रामपुर निकै सक्रिय क्लव रहेको बताउनुभयो । उहाँले लायन्स क्लवहरु विच हुने अनुभव साटासाटले थप काम गर्न प्रेरित गर्ने बताउनुभयो । लायन्स क्लव अफ ३२५ विटुका डिस्ट्रिक कोर्डिनेटर नवराज न्यौपानेले रामपुर क्षेत्रमा लायन्स क्लव मार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्नका लागि पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं लायन्स क्लव अफ ३२५ विटुको डिस्ट्रिक मेम्बर भोजेन्द्र प्रकाश ढकालले रामपुर नगर आफैमा निकै सम्भावना बोकेको स्थान रहेको बताउनुभयो । उहाले लायन्सले सामाजिक कार्य संगै सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, लायन्स क्लव अफ ३२५ विटुका रिजन प्रर्सन कलाधर पाण्डे, लायन्स क्लव अफ ३२५ विटुका जोन चियर पर्सन सकुन्तला बज्राचार्य, समाजसेवी एवं रोटरी क्लव अफ रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठ, लायन्स क्लव अफ रामपुरका पूर्व अध्यक्ष विष्णु प्रसाद पौडेल, लायन्स क्लव अफ ३२५ विटुको डिस्ट्रिक इभालुएसन हेड विनोद खरेल, नयाँ सदस्य गोविन्द भट्टराई र युथ युनियन मटेरीका सचिव दिपेन्द्र भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो । लायन्स क्लव अफ रामपुर पाल्पाका प्रेसिडेन्ट खिम बहादुर केसी पुरुषोत्तमले क्लव गरेका कार्य र प्राप्त उपलब्धीहरुको बारेमा जानकारी दिनु भएको थियो । क्लवमा नयाँ सदस्यता लिएका १७ जना सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेको थियो । साथै कोभिडको समयमा फुड बैंक सञ्चालनमा सहयोग गर्ने स्थानिय क्लवहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ रामपुर सदस्य विष्णु मायाँ ढकालले झण्डाको सम्मान गर्नु भएको थियो । लायन्स क्लव अफ रामपुर पाल्पाका प्रेसिडेन्ट खिम बहादुर केसी पुरुषोत्तमको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई लायन्स क्लव अफ रामपुर पाल्पाका पूर्व अध्यक्ष दुर्गा प्रसाद भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ रामपुर पाल्पाका सेक्रेटरी रामप्रसाद ढकाल रमेशले गर्नु भएको हो । फेलोसिपमा पाल्पा जिल्ला भित्र स्थापना भएका लायन्स क्लवका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?