सगरमाथा इन्स्योरेन्सले गर्यो रामपुरमा कोरोना विमाको दाबी भुक्तानी

पाल्पा, सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाले कोरोना विमा वापतको दावी रकम भुक्तानी गरेको छ । कोभिड–१९ को जोखिमका विच सेवामा खटिएका स्वाथ्यकर्मी, कर्मचारी एवं सञ्चारकर्मीहरुको रामपुर नगरपालिकाले सगरमाथा इन्स्योरेन्समा विमा गरिदिएको थियो ।

जस मध्ये कोरोना संक्रमित भई विमा दावी परेको ५ जना कर्मचारी र सञ्चारकर्मीहरुको रकम नगरपालिकामा हस्तान्तरण गरेको हो । सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाका प्रमुख डोलराज श्रेष्ठले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई चेक हस्तान्तरण गर्नु भएको हो ।

विमा दावी बाट प्राप्त भएको प्रति व्यक्ति १ लाख रुपैयाँ बराबरको रकम सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी बुझाउने नगर प्रमुख थापाले बताउनुभयो । सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाका अनुसार रामपुर नगरपालिकाले  शाखा मार्फत कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी गरी २ सय ३० जनाको कोरोना विमा गरेको थियाे । जस मध्ये १६ जनाको विमा दावी परेको थियो । पहिलो चरणमा ५ जनालाई भुक्तानी दिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?