जिर्ण भएको लामो समय पछि पुलको मर्मत हुँदै , आवत जावत बन्द

 

दानु हिस्की मगर
पाल्पा  –  चापाकोट नगरपालिका स्याङ्जा र रामपुर नगरपालिका पाल्पा जोड्ने प्याकलुक सोँहोरा झोलुङ्गे पुलमा आवत जावत बन्द गरिएको छ ।

पुलको मर्मत कार्यका लागी भन्दै सो पुल हुँदै आवत जावतमा रोक लगाईएको हो । जिर्ण अवस्थामा रहेको पुल मर्मतका यही चैत्र १० गते सम्म आवत जावत बन्द गरिएको रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपने बताउनुभयो । उहाँले पुल मर्मतका क्रममा पुलका जाली खोलिएको र अन्य विभिन्न काम गर्नु पर्ने हुँदा पुलबाट खस्ने जोखिम रहेकाले आवत जावत बन्द गरिएको बताउनुभयो । मर्मतको समयमा जोखिम मोलेरै केही मानिसहरु आउजाउ गर्ने गरेकाले जोखमि मोलेर आउजाउ नगर्न उहाँले आग्रह समेत गर्नुभएको छ ।

पुलमा लगाईएका तार जालीका बार च्यातिएकाो, फलामका स्लेपका नट खुकुलो भई जिर्ण बनेको पुलको लामो समय पछि पहिलो पटक मर्मत गरिएको हो । नेपाल सरकारको ३५ लाख रुपैयाँ बजेटबाट अहिले पुलको मर्मत कार्य भई रहेको छ । करिब १ सय ८० मिटर लम्बाई रहेको पुल विं.सं. २०४७ सालमा निर्माण गरिएको हो । सो पुल हुँदै पाल्पाको रामपुर नगरपालिका ६ र स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ दामाचौर लगाएत पाल्पा स्याङ्जाका सर्वसाधारण आउजाउ गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?