पाल्पा, रामपुर भजनकृतन मण्डली रामपुर पाल्पाको अध्यक्षमा पुन : टिकाराम ढकाल चयन हुनु भएको छ । तेस्रो अधिवेशनले ढकालको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा तुल्सी भण्डारी, शिवकुमारी वाग्ले पौडेल, सचिवमा हरि आचार्य, कोषध्यक्षमा हरिकला पौड्याल, सहसचिवमा ओम प्रकाश रेग्मी र सदस्यहरुमा सिताराम आचार्य, नारायण गौतम, कोमलचन्द्र कंडेल, पार्वती न्यौपाने, मोहनी सरण घिमिरे, अमिता हमाल, दन्त कुमारी के.सी., घनश्याम ढुङ्गाना, लक्ष्मण केसी, इन्द्र कुमारी पौड्याल र याम बहादुर भुजेल रहनु भएको छ ।
सल्लाहाकारमा रमण बहादुर थापा, देवराज ढकाल, भोजेन्द्र प्रकाश ढकाल, कृष्ण प्रसाद अर्याल, हुमनाथ न्यौपाने, सागर प्रसाद देवकोटा, विष्णुमाया ढकाल रहनु भएको छ । लेखा समिति संयोजकमा लेखनाथ शर्मा मरासीनी र सदस्यहरुमा बासुदेव ढकाल र रामचन्द्र ढुङ्गाना रहनु भएको छ । साथै भजनकृतन समितिको संयोजकमा कमल ढकाललाई चयन गरेको छ ।
रामपुर ६ पूर्वटारमा भएको मण्डलीको चौथो वार्षिक उत्सव तथा तेस्रो अधिवेशनमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कला र संस्कृति हाम्रो पहिचान रहेकाले यसको संरक्षण गरी भावि पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो । उहाँले नगरपालिका संस्कृतिको संरक्षण र प्रवद्र्धनमा प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल, कृषि विकस बैंकका प्रदेश निर्देशक जायश्वर पन्थी, राष्ट्रिय लोकतथा दोहोरी गित प्रतिष्ठानका संस्थापक दुर्गा रामयमाझी, नेपाली कांग्रेस रामपुर ६ का सभापति कृष्ण प्रसाद अर्याल, नेकपा रामपुर ६ का अध्यक्ष सागर प्रसाद देवकोटा, राष्ट्रिय जनमोर्चा रामपुरका प्रतिनिधि रामप्रसाद गैह्रे र राप्रपा रामपुरका बृहस्पति अर्याल बोल्दै नवगठित समितिलाई शुभकामना दिदै संस्कृतिको संरक्षणमा भजनभण्डलीले थालेको प्रयासको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा रामपुर भजन कृतन मण्डलीका अध्यक्ष टिकाराम ढकालले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पण्डित आचार्य श्री सागर प्रसाद भण्डारीको मुखारबिन्दु बाट कथाप्रबचन, राष्ट्रिय भजनगायक नारायण गौतमको समुहको झाँकी सहितको भजन, पारस लम्सालको पुतनानाच प्रस्तुत गरिएको थियो । कार्यक्रमको अवसरमा नगर प्रमुख रमण बहादुर थापाले सरस्वती राधा मन्दिरको शिलन्यास गर्नुको साथै ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । रामपुर भजनकृतन मण्डलीका शिव कुमारी वाग्लेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हरि प्रसाद आचार्यले गर्नु भएको थियो ।
भजनकृतनको संरक्षण र प्रवद्र्धनका लागि स्थापना भएको भजनकृतन मण्डलीले पूर्वटारमा रामपुर नगरपालिका र रामपुर नगरपालिका ६ को सहयोगमा ट्रस समेत निर्माण गरेको छ ।