निर्माणकी आधार हे जन्मभूमि आमा तिमी पनि
तिम्रो सेवा गर्दागर्दै बित्न लाग्यो मेरो जुनी
तिम्रो छाती सुके कतै पसिनाले भिजाउँछु
पानी बने जिन्दगीको मूलबनी रसाउँछु ।।१।।
कोपिलाको कथा हुँ म फूल यहाँ सजाउँछु
आमा तिम्रो रहरमा नौलो गीत सुनाउँछु
यही घाम घमाईलो यहीको पानी मीठो मलाई
घामछाँयाको जिन्दगानी उस्तै मिठो लाग्छ मलाई ।।२।।
आमा देऊँ आर्शिवाद यो सुख, दुःख सहिरहुँ
मर्दा पनि नबिर्सिने भाका बनी रहीरहुँ
सुन फल्ने तराई छन् रत्नका पहाड छन्
मनको मेरो संसारमा कति कति बहार छन् ।।३।।
आमा तिम्रा आशिषले सुष्टि नौलो सजाउँछु
माटोभित्र मुटु राखी उर्वर भै पलाउँछु
दिल दिलमा साथमा हात म तिमी भैदिए
खुसीको फुल बगैचाभरि तिम्रो त्यो मन दिए ।।४।।
लेखक :– याम खाम्चा मगर
रामपुर १ बर्दाकोट, पाल्पा
उनी खुट्टाको सहायताले अक्षर मार्फत आफ्नो अभिव्यक्ति व्यक्त गर्छन् ।