रोकिराखेको ट्याक्टर स्टार्ट भएपछि २ मोटरसाईकल र १ स्कुटरमा क्षति

पाल्पा, रामपुर नगरपालिका ४ सदावर्तमा ट्याक्टर एक्कासी स्टार्ट भएर रोकिराखेको २ वटा मोटरसाईकल र १ वटा स्कुटरलाई ठक्कर दिएको छ ।

कालिगण्डकी करिडोर मै रहेको ग्रील उद्योगमा रहेको थेसर बनाउन ल्याएको लु २ त ७७१८ को ट्याक्टरले एक्कासी स्टार्ट भएर ठक्कर दिन पुगेको थियो । जस बाट रोकिराखेको बा ६९ प ६४६५, लु ९ प ६००२ मोटरसाईकल र लु ५४ प १५५ को स्कुटरलाई क्षति पुगेको छ । ट्याक्टर नालीमा पुगे पछि रोकिएको थियो ।
घटनाको विषयमा अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?