पुरुष फुटबल प्रतियोगिताको उपाधी साविक विजेता वडा नं. ६ लाई

पाल्पा, रामपुरमा गत चैत्र १० देखि जारी चौथो मेयर कप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी वडा नं. ६ ले जितेको छ । शनिबार अपरान्ह मटेरी ठूलोटारमा भएको फाईनल खेलमा वडा नं. ५ लाई २/० गोलले पराजित गर्दै साविक विजेता ६ ले नै उपाधी जितेको हो ।

फाईनल खेलको पहिलो हाफको दुई मिनेट मै वडा नं. ६ का लागि राजिव क्षेत्रीले गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका दिए । पहिलो हाफमा दुवै टिमले दवावमा राखेका थिए । तर गोल हुन भने सकेन । वडा नं. ६ को लागि दोस्रो हाफको ३० सेकेण्ड मै अनिल सुनारले गोल गरेर थप अग्रता दिलाएका थिए ।
यस संगै वडा नं. ५ द्धितिय स्थानमा समेटिएको छ । तृतिय भने वडा नं. ३ भएको छ । पेनाल्टीमा वडा नं. १० लाई ३/२ गोलले पराजित गर्दै वडा नं. ३ तृतिय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?