कोभिडलाई वेवास्ता गर्दै मनाईयो होली (तस्वीरहरु सहित)

पाल्पा, फागुन शुक्ल पूर्णिमाका दिन मनाईने फागु पूर्णिमा कोभिड महामारीका विच पनि मनाईएको छ । विगतको तुलनामा सांस्कृतिक कार्यक्रम सहित फागु खेल्ने नदेखिए पनि युवाहरु वर्गहरु भने एक आपसमा मिलेर रंग लगाएका थिए ।

सरकारले कोरोना संक्रमण फैलन सक्ने भन्दै होली नखेल्न आग्रह गरे पनि गाउँ तथा बजार क्षेत्रमा युवाहरु जम्मा भएर रंग खेलेका थिए । साथै अधिकांश पर्यटकिय स्थलहरुमा वन भोज सहित होली विशेष कार्यक्रम भएको थियो । गत वर्ष पनि कोभिडको कारण होली प्रभावित भएको थियो । भिडभाड नगर्न प्रशासनले आग्रह गरेको थियो । प्रशासनले होलीमा हल्ला गर्ने, लोला हान्ने पानी छ्याप्ने जस्ता गतिविधिहरु नगर्नू/नगराउन आग्रह गरेको थियो । यस वर्ष पनि कोभिड महामारी फैलिरहे पनि कुनै वास्ता नगरी युवाहरु रंगमा रमाएका थिए ।

देशैभर आज पहाडी जिल्लाहरुमा उल्लासपूर्वक होली मनाईएको छ । तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।
रामपुर क्षेत्रका विभिन्न स्थान बाट कटुवल खबरका लागि इमान सिं रानाले कैद गरेका तस्वीरहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?