रकएक्सआई वालिङ ए र वि चौथो इस्लामपुर कप क्रिकेटको फाईनलमा

पाल्पा, रामपुरमा जारी चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिता रकएक्सआई वालिङ ए र वि फाईनलमा प्रवेश गरेको छ । मंगलबार भएको रकएक्सआई वालिङ वि र लुम्बिनी क्रिकेट क्लव विचको सेमिफाईनल खेलमा ५ विकेटले पराजित गर्दै रकएक्सआई वालिङ वि ले फाईनल यात्रा तय गरेको हो ।

टस जिटेर व्यटिङ्ग रोजेको लुम्बिनी क्रिकेट क्लवले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । लम्बिनीका लागि इड्रिस खानको १ सय ४ रनको योगदान दिएको थियो । इड्रिस संगै जवेद अहमदको ३० रनको योगदानमा रकएक्सआई वालिङ वि समक्ष १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङ्गमा आक्रामक रुपमा प्रस्तुत भएको एक्सआई वालिङ वि ले ५ विकेट गुमाउँदै १२ ओभर ५ बलमा लक्ष्य पुरा गरेको थियो । रकएक्सआई वालिङ वि का लागि सन्दिप क्षेत्रीले ८४ रन, अमृत गुरुङले ३४ रन र तुल बहादुर थापाले २१ रनको योगदान दिएको थियो । खेलमा म्यान अफ दी म्याच रकएक्सआई वालिङ वि का सन्दिप क्षेत्री भएका छन् ।

रकएक्सआई वालिङ ए भने सोमबार नै फाईनलमा पुगेको थियो । चापाकोट क्रिकेट क्लवलाई ७ विकेट पराजित गर्दै रकएक्सआई वालिङ ए फाईनलमा पुगेको हो । टस जितेर व्यटिङ्ग रोजेको चापाकोट क्रिकेट क्लव निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाउँदै ८३ रनमा समेटिएको थियो । चापाकोट क्रिकेट क्लव १९ ओभरमा अलआउट भएको थियो । ८४ रनको लक्ष्य पछ्याएको वालिङ ए ले ३ विकेट गुमाउँदै ७ ओभर चार बलमा लक्ष्य भेटाएको थियो । खेलमा रकएक्स आई वालिङ ए का मनोज सुनार म्यानअफ दी म्याच घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गतको फाईनल खेल बुधबार विहान ९ बजे देखि हँुदैछ । प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, रुपन्देही, अर्घखाँची, गुल्मी जिल्लाका १५ समुहको सहभागीता रहेको छ । प्रतियोगिताका विजेताले नगद १ लाख राशी र फस्ट रनअपलाई नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?