बेझाँडमा सुर्यमुखी पकेट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिकामा सुर्यमुखी पकेट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुर्यमुखी पकेट सञ्चालन समिति रामपुर ५ बेझाँड खेतको आयोजनामा भएको कार्यक्रम कृषि ज्ञान केन्द्र तानसेनको आर्थिक सहयोगमा भएको हो ।

रामपुर नगरपालिका कृषिशाखाको हलमा भएको कार्यक्रम बोल्दै कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले तेलहनबालीको रुपमा रहेको सुर्यमुखी स्वास्थ्यको लागि पनि उपयुक्त हुने भएकाले यसको माग राम्रो रहेको बताउनुभयो । उहाँले सुर्यमुखी खेतीको महत्वको बारेमा जानकारी दिदै रामपुरको उर्वरभूमीमा सुर्यमुखीको सम्भावना रहेको बताउनुभयो । रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख एवं रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्लले वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं. ५ ले तेलहनबालीलाई जोड दिएको बताउनुभयो । उहाँले तेलहनबालीमा पनि आत्मनिर्भर बनाउन लागि परेको जानकारी दिनुभयो । यस अघि रामपुर ५ को कोईलटारी क्षेत्रमा तोरी पकेट कार्यक्रम सञ्चालन भएको थियो ।

रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने बजारको समस्या नरहकेको बताउँदै बढी भन्दा बढी उत्पादन गर्न आग्रह गर्नु भयो । उहाँले कृषि पर्यटनको रुपमा पनि अघि बढाउन कार्यक्रमले सहयोग गर्ने बतानुभयो । रामपुर नगरिपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय सुर्यमुखी खेती गर्ने तरिकाको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा कृषि प्रसार अधिकृत मुकेश राम्जालीले पकेट कार्यक्रम कार्यविधिको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले सहभागीले राखेका जिज्ञासा पनि मेटाउनु भएको थियो ।

सूर्यमुखी पकेट सञ्चालन समितिका अध्यक्ष बल बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम समितिका नागिलाल पौडेलको स्वागत र कृषि प्राविधिक प्रज्वल केसीको सञ्चालनमा भएको हो । ६ लाखको लागतमा सञ्चालन हुने सुर्यमुखी पकेट कार्यक्रममा बेझाँड खेतका कृषकहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?