पाल्पामा कोरोना बाट थप एकको ज्यान गयो

पाल्पा, पाल्पामा कोरोना बाट थप एकको ज्यान गएको छ । तानसेन नगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार ति पुरुषको घरमै मृत्यु भएको थियो ।

मृतक पुरुषको किड्नीमा समस्या रहेको बताइएको छ । उनको गत मंगलबार पिसीआर परीक्षण गरिएकोमा बुधबार पोजेटीभ रिपोर्ट आएको थियो । माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ४ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ७ जना, तिनाउ गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ११ जना गरी पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?