वालिङ ५ मा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन शिविर सम्पन्न

तिलक गुरुङ
वालिङ, वालिङ नगरपालिका वडा नं. ५ स्याङ्जामा एक दिने निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन शिविर सम्पन्न भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखा वालिङको आयोजनामा शिविर भएको हो ।

शिविरमा वालिङ नगरपालिका वडा नं. १, ४, ५, ६ र ७ का ३ सय ४५ जना कृषकहरुको १ हजार ७ सय ६० बाख्रा, १ सय ४४ भैंसी, ४ सय ५० बंगुर, ५५ गाई गोरु, २ सय ३ सय कुखुरा, ११ वटा कुकुर गरि जम्मा ४ हजार ७ सय २० वटा पशुपंक्षीलाई निःशुल्क औषधि बितरण गरिएको थियो । यस्तै ५ सय ६० जना कषकहरुलाई गोबर परिक्षण सेवा प्रदान गरिएको वालिङ नगरपालिकाका पशु स्वास्थ्य अधिकृत देव कुमारी श्रेष्ठले जानकारी दिनु भयो ।

शिविरको एक कार्यक्रमका विच शुभारम्भ गरिएको थियो । वालिङ ५ का वडा अध्यक्ष ढाकाराम पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा पशु चिकित्सक डाक्टर बसन्त कुमार अधिकारीले कार्यक्रमको विषय माथि प्रकाश पार्नु भएको थियो । वडा सदस्य महेश गुरुङ र अनिता नेपालीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यपालिका सदस्य जमुना के.सी.को स्वागत बाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव डोलजङ गुरुङले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?