रामपुरमा सम्पन्न स्लो मोटरसाईकल दौड प्रतियोगिताको प्रथम उपाधी श्रेष्ठलाई

पाल्पा, ट्राफिक सचेतनाको लागि पाल्पाको रामपुरमा स्लो मोटरसाईकल दौड प्रतियोगिता सम्पन्न भएको छ । रामपुर ड्राईभिङ्ग स्कूल रामपुरले सञ्चालन गरेको प्रतियोगितामा ४२ प्रतियोगिलाई पछि पार्दै निस्दी ५ का विक्रम श्रेष्ठ प्रथम हुनु भएको छ ।

निर्धारित २० मिटरको दुरी श्रेष्ठले १ मिनेट १६ दशमलव ६४ सेकेण्ड लगाएर पार गर्नु भएको थियो । प्रतियोगितामा १ मिनेट ७ दशमलव ७० सेकेण्ड समयमा पार गरी रामपुर ५ का सचिन अधिकारी द्वितिय र १ मिनेट १ दशमलव ९५ सेकेण्डमा पार गर्दै रामपुर ३ का प्रकाश ज्ञावली तृतिय हुनु भएको छ । प्रतियोगितामा विजयी प्रथम, द्वितिय र तृतियले क्रमश नगद ५ हजार, २ हजार ५ सय र १ हजार ५ सय प्राप्त गरेका छन् ।

विजेतालाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तिव्रगतिका कारण पछिल्लो समय सवारी दुर्घटनामा वृद्धि भएको भन्दै यस्ता प्रतियोगिताले ट्राफिक नियमको पालनाका लागि सचेत गराउने बताउनुभयो । बेझाँड खेतमा भएको कार्यक्रम रामपुर ड्राईभिङ्ग स्कुलका सञ्चालक जायश्वर पाण्डेको अध्यक्षता र निलकण्ठ भण्डारीको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?