अन्धकार मुक्ति र सहयोगी साकोस विचको संयुक्त अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

पाल्पा, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी र सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले संयुक्त रुपमा जानकारी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । एकिकरण प्रक्रिया पुरा गरी प्रमाण पत्र ग्रहण गरे संगै दुवै सहकारीले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया गरेको हो ।

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी र सहयोगी बचत तथा ऋणले गत चैत्र १८ गते एकिकरणको प्रमाण पत्र प्राप्त गरेको थियो । एकिकरण संगै दुवै सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति, सल्लाहाकारहरु विच एकिकरणको विषयमा अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका निवर्तमान अध्यक्ष एवं रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले सहकारी एकिकरण संगै चुनौती र अवसर दुवै रहेको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका निम्न आर्थिक अवस्था भएका जनताको पहुँचमा सहकारी पुग्नु आवश्यक रहेको बताउनुभयोे ।

कार्यक्रममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार मोहन भट्टराई, सल्लाहाकार सुकदेव पोखरेल, नेत्र प्रसाद भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका व्यवस्थापक दिपेन्द्र पौडेल र सहयोगी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामचन्द्र ढुङ्गानाले सहकारीको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । सहकारी एकिकरणको बारेमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका सचिव राम प्रसाद ढकाल जानकारी गराउनु भएको थियो ।

अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा अन्धकार मुक्ति बचत तथा ऋणका उपाध्यक्ष तथा एकिकरण कार्यदलका संयोजक खगेन्द्र न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अन्धकार मुक्ति बचत तथा ऋण सहकारीका सचिव ओम प्रकाश बस्यालले गर्नु भएको हो ।

यता “सदस्यहरुको पहिलो रोजाइ, व्यबसायिक, सबल एब उत्कृष्ट साकोस” भन्ने नारा सहित रामपुर बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी दिवस मनाएको छ । ६४ औं राष्ट्रिय सहकारी दिबस आफ्नै कार्यालयमा मनाएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै सहकार्य, सहमति र सद्भावका साथ साना कृषक, मजदुर, तथा न्युन आर्थिक अबस्थामा रहेका व्यक्तिहरुलाई आर्थिक रुपमा अगाडि बढाउन र कारोबार गर्नका लागि सहकारी स्थापना भएको बताउनुभयो ।

उहाँले सहकारी रामपुरमा २८ सहकारी रहेका छन भने ३ सहकारी प्रदेश सरकार अन्तर्गत रहेको जानकारी दिनुभयो । चियापान तथा भेटघाट कार्यक्रममा संचालक समिति सदस्य पबित्रा पौडेल लेखा समिति संयोजक ज्ञानेन्द्र प्रसाद गैरे, कोषाध्यक्ष भोजराज भट्टराई लगायतले आफ्ना भनाइ राख्नु भएको थियो । संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागत र सचिव लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?