पाल्पा, नेपाल राष्ट्रिय मगर संघ रामपुर नगर कार्यसमितिले शोक सभा गरेको छ । रामपुर ९ जब्गादी बस्ने नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य ज्ञान बहादुर गाहाका पुज्य पिता डिल बहादुर गाहाको ९ औं दिनको पुण्यतिथी शोक सभा गरेको हो ।
स्वर्गीय गाहाको निवासमा भएको शोक सभामा नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय पदाधिकारी देखि नगर तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । शोक सभामा बोल्दै नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय उपाध्यक्ष श्रीराम भलामी मगरले स्वर्गीय गाहाको निधन संगै संगठनले एक सच्चा अभिभावक गुमाएको स्मरण गर्नुभयो ।
शोक सभामा नेपाल राष्ट्रिय मगर संघका महामन्त्री भिम बहादुर आले, केन्द्रिय सदस्य विष्णु थापा, नेपाल आदीबासी जनजाति संघका केन्द्रिय सदस्य बोम बहादुर थापा, नेपाली कांग्रेस पूर्वखोलाका संयोजक कृष्ण पौडेल, नेपाली कांग्रेसका क्षेत्रिय सदस्य किशोर पंगेनी, नेपाल राष्ट्रिय मगर संघका जिल्ला सदस्य अमिर राना, नेपाल राष्ट्रिय मगर संघ रामपुर नगर कार्यसमितिका सल्लाहाकार संयोजक क्याप्टेन रोमन बहादुर राना, सल्लाहाकार राम बहादुर हिस्की थापा, नेपाल राष्ट्रिय मगर संघ रामपुर नगर कार्यसमिति सदस्य नरेन्द्र कुमार जर्घा, अनिता राना, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सदस्य तिलक बहादुर मल्ल, नेपाली कांग्रेस रामपुर ४ का सभापति बसन्तराम ठाडा, नेपाली कांग्रेस रामपुर ५ का सभापति केशर बहादुर खाँण, वडा नं. २ का वडा अध्यक्ष तारा बहादुर थापा, रम्भा ३ पिपलडाँडाका विश्व अर्याल, नेपाल ट्रेड युनियन मनिराज अधिकारी, नेपाल राष्ट्रिय मगर संघ रामपुर नगर कार्यसमितिका उपसभापति रेम बहादुर राना, रामपुर नगरपालिकाका योजन अधिकृत कपिल बहादुर खाँण, नेपाल राष्ट्रिय मगर संघका दिलराम राना लगाएतले बोल्दै स्वर्गीय गाहाको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदान व्यक्त गर्नु भएको थियो ।
रामपुर नगर कार्यसमितिका सभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई नेपाल राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य ज्ञान बहादुर गाहाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । शोक सभाको सञ्चालन नेपाल राष्ट्रिय मगर संघ रामपुर नगर कार्यसमितिका सचिव राम बहादुर रानाले गर्नुभएको हो ।