जलदेविस्थानमा खेलाडी सम्मान संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका ४ जलदेविस्थानमा खेलाडी सम्मान संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा खेलकुद विकास समिति रामपुर ४ ले वडा नं. ४ संग समन्वय गरी कार्यक्रम सम्पन्न गरेको हो ।

चौथो मेयर कप तथा विभिन्न प्रतियोगितामा वडा बाट सहभागीता जनाउने खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको प्रतिनिधित्व गरी राष्ट्रिय तथा अन्तराष्ट्रि प्रतियोगितामा जाने खेलाडीहरुलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले खेलकुद एउटा गहना भएको भन्दै खेलाडीहरुको लागि आवश्यक पर्ने तालिमहरु परिपूर्तिका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । खेलकुद विकास समिति तथा क्लवहरुलाई खेलकुदका विकासका लागि आवश्यक कार्यक्रमहरु बनाएर योजना बनाएर अघि बढ्न अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले खेलाडी राष्ट्रको गहना भएको बताउँदै युवाहरुको उत्थानको लागि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले युवाहरु समाज विकासको मेरुदण्ड रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले मेयरकपले खेलाडीहरुमा उत्साह बढाएको र यो उत्साह कायम राख्न नगर खेलकुद विकास समितिले कार्ययोजना बनाएर प्रतियोगिता संगै प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, वडा नं. ४ का वडा अध्यक्ष एक बहादुर नेपाली, नेपाली कांग्रेसका जिल्ला सदस्य हमिद अली मियाँ, सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला सदस्य दुर्गा देवी राना र रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर केसीले खेलाडीहरुलाई आफ्नो यात्रालाई निरन्तरता दिन आग्रह गर्नुभयो । मेयर कपमा सहभागीता जनाई क्रिकेटमा द्वितिय हुने खेलाडी, महिला भलिबलमा तृतिय हुने खेलाडी, सहभागी फुटबल तथा पुरुष भलिबलका खेलाडी, करातेमा व्ल्याक बेल्ट पाउने खेलाडी र प्रशिक्षकहरुलाई खादा र प्रमाण पत्रले सम्मान गरेको थियो ।

वडा खेलकुद विकास समिति रामपुर ४ का अध्यक्ष तुल बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम वडा खेलकुद विकास समिति रामपुर ४ का सल्लाहाकार मणीरत्न खाँणको स्वागत र सचिव रहिम मियाँको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?