पाल्पा, नेपाली कांग्रेस रामपुर नगर वडा कार्यसमिति रामपुर ५ पाल्पाले शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०७८ सालको पूर्व सन्ध्यामा रामपुर ५ राङ्गभाङ्गमा कार्यक्रम गरेको हो ।
कार्यक्रमको अवसरमा अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरुलाई स्वागत गरेको छ । नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त संगै नव प्रवेशीलाई स्वागत गर्दै नेपाली कांग्रेस पाल्पाका सभापति एवं लुम्बिनी प्रदेश सांसद विर बहादुर रानाले जनताले दिएको मतको नेकपाले दुरुपयोग गरेको बताउँदै सरकारलाई प्रश्न गर्ने समय आएको बताउनु भयो । उहाँले दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीको कदमले मुलुकलाई थप पछि धकेल्ने प्रयास गरेको बताउँदै यसमा हामी सचेत हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले लोकतन्त्रमा सबैलाई अभिव्यक्ति स्वतन्त्रता रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हजिल दिनमियाँ, विष्णुमायाँ ढकाल, राम प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सदस्य सावित्रा गौतम, शालिकराम सिग्देल, रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश क का सचिव अर्जुन प्रसाद रेग्मी र नव प्रवेशी सुरज रायमाझी शुभकामना मन्तव्य सहित आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रमको अवसरमा अन्य पार्टी परित्याग गरेका रामपुर नगरपालिका ५ राङ्गभाङ्ग क्षेत्रका ४० घरपरिवारका सदस्यहरुलाई स्वागत गरेको थियो । नेपाली कांग्रेस रामपुर नगर वडा कार्यसमिति रामपुर ५ का सभापति केशर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम नेपाल महिला संघ साविक रामपुर गाविसका पुर्व सभापति सरस्वती डोटेलको स्वागत बाट सुरु भएको कार्यक्रममा, वडा नं. ५ का तरुण दलका संयोजक समसुल हकमियाँले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रामपुर ५ का सचिव खगेन्द्र प्रसाद ढकालले गर्नु भएको हो ।