रामपुर१० गेझामा गहुँ पकेट क्षेत्र सम्बन्धी अन्तरक्रिया

धुर्व भण्डारी

पाल्पा, रामपुर नगरपालिका १० गेझामा गहुँ पकेट क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आर्थिक सहयोगमा दुर्गा भवानी कृषक समुह र आधुनिक कृषक समुहले गेझा क्षेत्रमा सञ्चालन गरेको गहुँ पकेट क्षेत्रको अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कृषकहरुलाई आत्मनिर्भर संगै अब व्यवसायिक खेतीमा लाग्न अनुरोध गर्नुभयो । अन्नबालीको रुपमा रहेको गहुँ खेतीमा कृषकहरुले दिएको योगदानको चर्चा गर्दै उहाँले व्यवसायिक रुपमै कृषि गर्छु भन्ने कृषकहरुको लागि नगरपालिकाले व्याज अनुदान सहयोग गर्ने बताउनुभयो । त्यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले हाम्रो आर्थिक समृछिको मुख्य आधार कृषि भएको बताउँदै यसमा सम्भावना र चुनौति दुवै रहेको बताउनुभयो । उहाँले विगतको तुलनामा सरकारले ठूलो बजेट कृषिमा लगानी गरिरहेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले समाजमा कृषि र कृषकहरुलाई गरिने व्यवहारमा अहिले सकारात्मक परिवर्तन आएको बताउनुभयो । उहाँले कृषिको महत्वको बारेमा बुझ्दै गएकाले व्यवसायिक कृषि तर्फ आकर्षित हुनेको संख्यामा वृद्धि भएको बताउनुभयो । रामपुर नगरपालिका १० का वडा अध्यक्ष लिल बहादुर गाहाले नगर संगै वडाले पनि कृषिकहरुलाई प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेयले पकेट क्षेत्र कार्यक्रमको बारेमा जानकारी दिदै गहुँ बालीको भण्डारणको उपायका बारेमा जानकारी दिनु भएको थियो । साथै कार्यक्रममा कृषकहरु संग अन्तरक्रिया भएको थियो । दुर्गा भवानी कृषक समुहका अध्यक्ष पिताम्बर ओस्तीको अध्यक्षतामा भएको कार्यक्रम आधुनिक कृषक समुहका अध्यक्ष प्रकाशमणी तिमिल्सिनाको स्वागत र दामोदर तिमिल्सिनाको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?