गायक तथा लघुवित्तकर्मी ज्ञान बहादुरको लोकदोहोरी गित ‘सुरक्षा’ सार्वजनिक

पाल्पा, गायक तथा लघुवित्तकर्मी ज्ञान बहादुर सोतीले जीवन वीमा सचेतना सम्बन्धी लोकदोहोरी गित ‘सुरक्षा’ बजारमा ल्याउनु भएको छ । सोतीले आफ्नो तेस्रो एल्बम भिडियो सहित युट्युव मार्फत बजारमा ल्याउनु भएको हो ।

गितमा शब्द, लय र पुरुष आवाज गायक सोती कै रहेको छ । सोतीलाई महिला आवाजमा गायिका सुनिता बुढाक्षेत्रीले साथ दिनु भएको छ । गितमा संगित संयोजन विनोद बाजुरालीले गर्नु भएको छ । स्मृति तिमिल्सिना ‘गुरु आमा’को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङले अभिनय गर्नु भएको छ । भिडियो छायाङ्कन सुरेश श्रेष्ठको रहेको छ ।

गुरुआमा फिल्मस प्रा.लि मार्फत बजारमा आएको गितलाई प्रयोजन आईएमई लाईफ इन्स्योरेन्सले गरेको छ । गीत मार्फत भविष्यको लागि जीवन वीमाको महत्वको बारेमा सचेतना जगाउने प्रयास गरिएको छ । सोतीले पहिलो एल्बम ‘सम्बन्ध’ बाट लघुवित्तकर्मीको दैनिकी प्रस्तुत गर्नु भएको थियो भने दोस्रो एल्बम ‘शंका’ बाट बैंकिङ क्षेत्रमा कार्यरत व्यक्तिको भोगाईलाई उतार्नु भएको थियो ।

निस्दी गाउँपालिका ३ झिरुवास निवासी सोती नेपाल एग्रो माईक्रोफाईनान्स रामपुरको शाखा प्रबन्धमा कार्यरत रहनु भएको छ । उहाँले वार्षिक रुपमा लोकदोहोरी भाका मार्फत वित्तिय क्षेत्रको विम्ब प्रस्तुत गर्दै आउनु भएको ।भिडियो पनि हेर्नुहोस् ।

भिडियो पनि हेर्नुहोस् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?