गणेशमान प्रतिष्ठान स्मृति भवन आईसोलेशनको लागि दिने कांग्रेस रामपुरको प्रतिबद्धता

पाल्पा, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले आवश्यक परेमा बेझाँड शान्ति कुवा स्थित गणेशमान प्रतिष्ठान स्मृति भवनमा आईसोलेशन वेड निर्माण गर्र्न दिने जनाएको छ । नगर कार्यसमितिको कार्यालय समेत रहेको भवन आईसोलेशनको रुपमा सञ्चालन गर्नका लागि दिने प्रतिवद्धता जनाएको हो ।

पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर वृद्धि भैरहेको समयमा सम्भावित जोखिम न्यूनिकरणको लागि आईसोलेशन वेड सञ्चालनको लागि ठाउँ चाहिएमा नगरपालिकालाई सहयोग गर्न तयार रहेको नेपाली कांग्रेस रामपुरले बताएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्रप्रसाद भट्टराईले विहिबार सामाजिक सञ्जाल मार्फत कार्यसमिति सहयोगको लागि तयार रहेको बताउनु भएको हो ।

कटुवाल खबर संग कुरा गर्दै सभापति भट्टराईले कोभिडको कारण बैठक बस्न नसकेको भन्दै नगर कार्यसमितिका पदाधिकारी, कार्यसम्पादन समिति संग सुझाव लिएर यस्तो निष्कर्श निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वलाई आक्रान्त बनाएको कोरोना भाईरसको प्रभाव अहिले हाम्रो मुलुकमा पनि बढ्दै गएको छ । यस समयमा न्यूनिकरणका लागि सहयोग गर्नु हामी सबैको दायित्व हो । त्यसैले आईसोलेशन सञ्चालनको लागि आवश्यक परेमा नगरपालिकालाई भवन दिने प्रतिवद्धता जाहेर गरेका हौं ।’ उहाँले ४ तलाको भवन मध्ये दोस्रो र तेस्रो तला आइसोलेशनको लागि दिईने बताउनुभयो ।

कांग्रेस भापति नेत्र प्रसाद भट्टराईको स्टाटस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?