शहीद बहुमुखी क्याम्पसका विद्यार्थीलाई स्ववियुले निशुल्क एम्बुलेन्स सेवा दिने

पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा अध्ययनरत विद्यार्थीहरुलाई कोभिडको लक्ष्यण देखिएमा स्वतन्त्र विद्यार्थी युनियनले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

वर्तमान समयमा फैलिएको कोरोना भाईरसले निम्त्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्वतन्त्र विद्यार्थी युनियन शहीद बहुमुखी क्याम्पसले यस्तो निर्णय लिएको हो । शुक्रबार जुम एप्स मार्फत बसेको कार्यसमिति बैठकले कोरोना संक्रमण देखिएर अस्पताल पु¥याउनु पर्ने अवस्था सृजन भएमा एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

स्वतन्त्र विद्यार्थी युनियन शहीद बहुमुखी क्याम्पसका सभापति जिवन तिवारीले आफ्नै घरमा रहेका विद्यार्थीलाई भन्दा कोठा भाडामा बस्ने विद्यार्थीलाई समस्या हुने भएकाले एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । स्वतन्त्र विद्यार्थी युनियनलेसभापति तिवारी र सचिव मदन आचार्यको हस्ताक्षर रहेको एक सूचना पनि निकालेको थियो । क्याम्पसमा हाल झण्डै १ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?